नेदरल्यान्ड्सले जित्यो टस, नेपालले पहिला ब्याटिङ्ग गर्ने

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १३,

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ। आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ। त्रिवि मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो। नेदरल्यान्ड्स यसअघि नेपालसँगको खेलमा पराजित भएको थियो। त्यसकारण आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स आफ्नो पराजयको बदला लिन चाहन्छ। हालसम्म नामिबिया २ खेलमा जित हात पारेर शिर्ष स्थानमा रहेको छ भने नेपाल रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने अङ्क तालिकाको पुछारमा रहेको छ।

Like