पोद्दारसहित १७ जनाविरुद्ध क्रिप्टो र हुन्डी कारोबारमा मुद्दा

Share to:

रासंसा/काठमाण्डौ, माघ १०,

मुलुकमा ३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका भारतीय नागरिक तथा व्यवसायी विमल पोद्दारसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । हुन्डी र क्रिप्टोमा पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको हो । रुपेश, उनकी श्रीमती रचना शर्मा, भाइ दीपेश श्रेष्ठ, भान्जा अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । अर्का भान्जा आयुष श्रेष्ठको समेत कारोबारमा संलग्नता पुष्टि भए पनि ठेगाना प्रस्ट हुन नसकेको भन्दै उनलाई प्रतिवादी बनाइएको छैन । ठेगाना खुलेका बखत प्रतिवादी बनाउने भन्दै अन्यलाई मुद्दा चलाइएको छ । काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भई सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जीसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । जसमध्ये एकै परिवारका पाँच जनाको संलग्नता देखिएको सीआईबीले खुलाएको छ । बागबजार घर भई अमेरिका बस्ने रुपेशका भाइ ४४ वर्षीय दीपेश श्रेष्ठ, अमेरिका नै बस्ने रुपेशका भान्जा ४३ वर्षीय अंशुल श्रेष्ठ, रुपेशकै श्रीमती ४५ वर्षीया रचना शर्मा, नुवाकोटको विदुर नगरपालिका–४ का २७ वर्षीय शरद भट्टराईलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । सीआईबीले गत १७ मंसिरमा बागबजारबाट रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सीपीयू ६ थान, टेलर मेसिन १ थान, सीसीटिभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो । यसैगरी, धादिङ गल्छी गाउँपालिका–२ घर भएका २५ वर्षीय वीरेन्द्र मगर, भारतीय नागरिक विमल पोद्दार, दाङको बबई–६ का २४ वर्षीय बिगलसिंह शर्मा, सिन्धुलीको कमलामाई–६ का ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार–४ का दीपश शर्मा, रामेछापको उमाकुण्ड–१ का फुन्सोक लामा, नवलपरासीको देवचुलीका ६९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली–१० का ५३ वर्षीय रुदे तामाङलाई पनि फरार प्रतिवादीकै सूचीमा राखेर मुद्दा चलाइएको छ । १७ जनालाई प्रतिवादी बनाएर राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध तथा संगठित अपराध गरेको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पेस गरेको रायसहितको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । सीआईबीको अनुसन्धानले फरार रहेका विमल फोद्दारले मात्रै क्रिप्टोका दुईवटा फरक–फरक आईडीमार्फत २ अर्ब ३१ करोड २६ लाख ४२ हजारभन्दा बढीको कारोबार गरेका देखिएको छ । सीआईबीले दिएको जानकारीअनुसार उनले एउटा आईडीबाट १० करोड ४ लाख ९६ हजार २ सय ७० अमेरिकी डलर (१ अर्ब ३९ करोड ६३ लाख ५९ हजार ७ सय ३३ रुपैयाँ) र अर्को आईडीबाट ६८ लाख ८७ हजार ५ सय ९२ अमेरिकी डलर (९१ करोड ६२ लाख ८३ हजार २ सय २५ रुपैयाँ) को कारोबार क्रिप्टोमार्फत गरेका देखिएको हो । सुन तस्करीका नाइकेमध्येका एक चूडामणि उप्रेती ‘गोरे’ समूहमा आबद्ध भएर सुन तस्करी गरेका पोद्दार पछिल्लो समय हुन्डी र क्रिप्टोको धन्दामा लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खुलाएको छ । पोद्दारले अर्का व्यवसायी रुपेश श्रेष्ठसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुन्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो । क्रिप्टो करेन्सीमार्फत २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुन्डीको कारोबार भएको भन्दै दायर भएको राष्ट्र बैंकअन्तर्गत कसुरको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको हो । गोरे समूहमार्फत ३३ केजी सुन तस्करी भएको प्रकरणमा २०७५ सालमा पोद्दारसमेत प्रतिवादी थिए । मोरङ अदालतले पोद्दारलाई पुर्पक्षमा पठाएको थियो । पछि उनी उच्च अदालतबाट १० लाख धरौटीमा रिहा भएका थिए । मोरङ जिल्ला अदालतले पछि उनको संलग्नता नदेखिएको भन्दै सफाई दिएपछि सो फैसलाविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत विराटनगर पुगेको थियो । हाल सो मुद्दा उच्च अदालतमा विचाराधीन छ । पछिल्लो समय १४ केजी सुन तस्करी प्रकरणमा पनि पोद्दारको नाम जोडिएर आएको छ । दुबईबाट आएका मीनबहादुर घलेलाई सीआईबीले गरेको अनुसन्धानबाट पोद्दारसँग कनेक्सन देखिएको छ । पोद्दारको नाम जोडिनुमा घले भरियाका रूपमा दुबईबाट लामो समयदेखि सुन तस्करीमा संलग्न हुँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीको विभिन्न कोणबाट अनुसन्धान गर्दा सो तथ्य खुलेको हो । काठमाडौं बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ, काठमाडौं थापाथलीका ३५ वर्षीय आशिष अग्रवाल, बाग्लुङ नगरपालिका–७ घर भई सामखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जीसी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय झानिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरेर मुद्दा चलाइएको छ । बागबजार घर भई अमेरिका बस्ने रुपेशका भाइ ४४ वर्षीय दीपेश श्रेष्ठ, अमेरिका नै बस्ने रुपेशका भान्जा ४३ वर्षीय अंशुल श्रेष्ठ, रुपेशकै श्रीमती ४५ वर्षीया रचना शर्मा, नुवाकोटको विदुर नगरपालिका–४ का २७ वर्षीय सरद भट्टराई, धादिङको गल्छी गाउँपालिका–२ घर भएका २५ वर्षीय वीरेन्द्र मगर, भारतीय नागरिक विमल पोद्दार, दाङको बबई–६ का २४ वर्षीय बिगलसिंह शर्मा, सिन्धुलीको कमलामाई–६ का ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ् जाको पुतलीबजार–४ का दीपेश शर्मा, रामेछापको उमाकुण्ड–१ का फुन्सोक लामा, नवलपरासीको देवचुलीका ६९ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली–१० का ५३ वर्षीय रुदे तामाङलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको छ । सीआईबीले गत १७ मंसिरमा बागबजारबाट रुपेश श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सीपीयू ६ थान, टेलर मेसिन १ थान, सीसीटिभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो

Like