चिनियाँ प्रतिनिधिमण्डल भोलि आउँदै
रासंसा/काठमाण्डौ, माघ १०,
मुलुकमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल बिहीबार नेपाल भ्रमणमा आउने भएको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल आउन लागेको हो । पार्टी उपमन्त्री सुन यसअघि सिंगापुरका लागि चिनियाँ राजदूत थिइन् । सेमिनारमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपाका नेता सहभागी हुनेछन् । उपमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत नेतासँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ । सुन नेतृत्वको प्रतिनिधिमण्डल यो साता माल्दिभ्सको भ्रमणमा थियो । उपमन्त्री सुनले १४ माघमा होटेल सोल्टीमा प्रमुख पार्टीका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे आयोजित सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ ।प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योयालगायत सहभागी हुनेछन् । नेपालमा चिनियाँ प्रतिनिधिमण्डल चार दिन बस्नेछ ।