नेपाल सुपर लिगको फाइनलमा पोखरालाई हराउँदै ललितपुर

Share to:

रासंसा/काठमाण्डौ, पौष १३,

मुलुकमा पोखरालाई हराउँदै ललितपुर नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयको ९औं मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई जित दिलाएका हुन्। यससँगै ललितपुरले फाइनलमा धनगढीसँग खेल्नेछ। फाइनल खेल शनिबार दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ। धनगढीले पोखरालाई हराउँदै फाइनल पुगेको थियो। दोस्रो क्वालिफायर खेलेको पोखरा पुनः पराजित हुन पुगको छ। यसअघि निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएको थियो। ललितपुरले ४५औं मिनेटमा इमोह इजेकेलको गोलबाट अग्रता लिए पनि पोखराका स्टेफेन पापाले ७१औं मिनेटमा गोल गर्दै बराबरीमा गरेका थिए।

Like