धनगढी पोखरालाई हराउँदै नेपाल सुपर लिगको फाइनमा

Share to:

रासंसा/काठमाण्डौ, पौष १०,

मुलुकमा नेपाल सुपर लिग (एनएसएल)मा पोखरालाई हराउँदै धनगढी फाइनलमा प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा धनगढीले पोखरालाई ४-३ गोलले हराएको हो। पोखराका आयुष घलानले गोल गर्न चुक्दा साविक उपविजेतासमेत रहेको धनगढी फाइनलमा पुगेको हो। ९० मिनेटको निर्धारितमा समयमा पोखरा र धनगढीबीच १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतरिक्त समयमा पनि दुवैले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। पोखराले दुवैपटक अग्रता लिए पनि त्यसलाई कायम गर्न चुकेको थियो। पहिलो सिजनमा पनि धनगढी पहिलो क्वालिफार्स खेल्दै फाइनल पुगेको थियो।

Like