मलेसियामा नेपालीसहित ११ सय गैरकानुनी कामदार एकै दिन पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, पौष ०७,

मुलुकमा मलेसियामा एकै दिन नेपालीसहित १ हजार १ सय कामदार पक्राउ परेका छन् । त्यहाँको जालान सिलाङ र कोटा राय’roundका क्षेत्रमा गरिएको व्यापक कारबाहीमा १ हजार १ सय १ गैरकानुनी विदेशी पक्राउ गरिएको हो । समग्रमा कुनै अप्रिय घटना हुन पाएन । विभिन्न अध्यागमन कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो, थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइने छ ।’ कारबाहीका क्रममा सय डब्बा चुरोट, ८० डब्बा मादक पेयपदार्थ र गैरकानुनी औषधिसहित कुल १ लाख ४ हजार ५ सयस ३० मलेसियन रिंगेट मूल्यका विभिन्न प्रतिबन्धित वस्तु बरामद गरिएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना ल्याइएका औषधिसहित अधिकांश नेपाली र बंगलादेशी कामदार पक्राउ परेका छन् । क्वालालम्पुरका प्रहरी प्रमुख कमम दातुक अल्लाउद्दीन अब्दुल माजिदले बुकित अमानको आन्तरिक सुरक्षा र सार्वजनिक व्यवस्था विभागको नेतृत्वमा रहेको संयुक्त अभियान बिहीबार बिहान ११ बजे सुरु अपरेसनमा उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । ‘हामीले दुई बालबालिकासहित विभिन्न राष्ट्रियताका १ हजार १ सय १ गैरकानुनी विदेशीलाई पक्राउ ग¥यौं,’ प्रहरी प्रमुख अब्दुल माजिदले प्रहरी तालिम केन्द्र (पुलापोल)मा आयोजित पत्रकार सम्मेलनमा भने, ‘केही व्यक्तिले भाग्ने प्रयास गरे । त्यस्ता वस्तु ‘कसरी भित्रियो ?’ भन्ने’bout थप अनुसन्धान गरिने अब्दुल माजिदले बताए । विशाल संयुक्त अपरेसनमा जनरल अपरेसन फोर्स र फेडरल रिजर्व युनिटका साथै अध्यागमन, भन्सार विभाग र क्वालालम्पुर सिटी हललगायत एजेन्सीसहित विभागका विभिन्न १ हजार १ सय ३८ कर्मचारी संलग्न थिए । पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारिएसँगै सयौं नेपाली पक्राउ परेका छन् । गैरकानुनी भएर नबस्न र बसेको भए आवश्यक जरिमाना तिरेर नेपाल फर्कने त्यहाँस्थित दूतावासले अनुरोध गर्दै आएको छ । मलेसियामा करिब ५ लाखभन्दा बढी नेपाली कार्यरत रहेको छन् । ‘हामी देशमा अवैध आप्रवासीको उपस्थिति रोक्न अपरेसनमा गम्भीर छौं, भविष्यमा (अन्य) हटबेड लक्षित गर्दै त्यस्ता कार्य सञ्चालन गर्न जारी राख्ने छौं,’ उनले भने, ‘पक्राउमा परेकामध्ये कोही वेश्यावृत्तिमा संलग्न छन् कि छैनन् भनेर जाँच गर्ने छौं ।’ अपरेसन र पत्रकार सम्मेलनमा आन्तरिक सुरक्षा तथा सार्वजनिक व्यवस्थाका उपनिर्देशक उपमहानिर्देशक दातुक मोहम्मद सुजरिन मोहम्मद रोधी र अन्य वरिष्ठ प्रहरी अधिकारीसमेत उपस्थित थिए ।

Like