हत्या अभियोगमा सात पक्राउ

Share to:

रासंसा/बर्दिया, कार्तिक २९,

मुलुकमा गुलरिया नगरपालिका -६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । लक्ष्मी पूजाको मध्यरातमा घिमिरेलाई पुरानो रिसईबीका कारण धारिलो हतियार प्रयोग गरि हत्या गरेको अनुसन्धानमा देखिएको उनले बताए । घिमिरेलाई गुलरिया-५ जुस कारखाना नजिक एक समुहले हत्या गरेका थिए । प्रहरीले बर्दिया र भारतीय नाकामा कडाइ गर्दै अभियोगीको खोजी कार्य जारी राखेको छ । पक्राउ पर्नेमा हत्याका मुख्य अभियोगी सुलभ थापा पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य केही फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी तुलसीराम अर्यालले बताए ।

Like