मुख्य ३ सन्देश छोडे संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १५,

मुलुकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै मुख्य ३ सन्देश प्रवाह गरेका छन् । चारदिने भ्रमणमा आएका गुटेरेसले तेस्रो दिन गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट फर्केपछि मंगलबार संयुक्त सदनलाई सम्बोधन गर्दै नेपालको टुंगिन बाँकी रहेको संक्रमणकालीन न्याय, जलवायु परिवर्तनको असर र विश्वशान्तिमा नेपालका सेना तथा प्रहरीले पुर्‍याएको योगदानलाई मुख्य मुद्दा बनाएर सम्बोधन गरेका हुन् । उनले भूराजनीति, आतंकवादबाट नेपाललाई परेको असर, दिगो विकासका लक्ष्यहरू, गरिबी, लैंगिक समानताका बारेमा पनि धारणा राखेका थिए । गुटेरेसले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्ने बताए । संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने तर त्यो सजिलो भने नभएको प्रस्ट पारे । गुटेरेसले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन सकिने बताए । ‘हामीलाई के कुरा थाहा छ भने संक्रमणकालीन न्याय त्यतिबेला मात्र सफल हुने ठूलो सम्भावना रहन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन्,’ उनले भने, ‘जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवअधिकार उल्लंघनका सबै पीडितले अर्थपूर्ण समाधान पाउन सक्छन् ।’ ‘स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो । तपाईंहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायका माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ उनले भने, ‘संक्रमणकालीन न्यायका प्रश्न र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन ।’ गुटेरेसले संक्रणकालीन न्यायलाई टुंग्याउँदा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, सर्वोच्च अदालतका निर्णय र पीडितका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउनका लागि राष्ट्रसंघ नेपाललाई सहयोग गर्न तयार रहेको बताए । आइतबार प्रधानमन्त्री दाहाललगायत अन्य नेपालका उच्च पदाधिकारीसँग भेटवार्तामा पनि यही धारणा राखेका थिए । सोमबार प्रत्यक्ष रूपमा सोलुखुम्बको सगरमाथा क्षेत्र तथा मंगलबार अन्नपूर्ण बेस क्याम्पको भ्रमण गरेर आएका महासचिव गुटेरेसले सन् २०४५ सम्ममा शून्य उत्सर्जनको लक्ष्यतिर नेपाल बढिरहेकोमा खुसी व्यक्त गरे । अर्को महिना यूएईमा हुने जलवायु परिवर्तन सम्मेलन कोप–२८ को गृहकार्यको रूपमा समेत आएका महासचिव गुटेरेसले वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश रहेको तर मनसुन, आँधीबेहरी र पहिरो तीव्र बढ्दै गइरहेको बताए । ‘नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदाय र सम्पूर्ण देश सदाका लागि मेटिन सक्छन् । लाखौं मानिस सर्नुपर्ने हुन्छ । पानी तथा जमिनका लागि भयंकर प्रतिस्पर्धा हुनेछ, जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ, त्यो डरलाग्दो अन्याय हो र जीवाश्म इन्धन युगको गम्भीर आरोप हो,’ उनले भने । ‘बाली, पशुधन र सम्पूर्ण गाउँहरू नष्ट गर्दै अर्थव्यवस्थालाई ध्वस्त पार्दै छन् र मानव जीवनलाई बर्बाद गर्दै छन् । अगस्टमा भएको भारी वर्षाले ल्याएको पहिरोले विनाश निम्त्यायो र सयौं मानिसको मृत्यु भयो,’ उनले भने, ‘हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ । प्रभाव विनाशकारी छ, पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । र पहाडहरू जोखिममा छन् । चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ । चुनौती बढ्ने क्रम जारी रहनेछ ।’ उनले हिमालयका नदीले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गरे । साथै, भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता हिमालयका प्रमुख नदीको बहाव अत्यन्तै सीमित हुने बताए । महासचिवले विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशले राष्ट्रसंघले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनुपर्ने बताए । सन् २०१५ को डिसेम्बरमा भएको पेरिस सम्झौतामा पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने एजेन्डा पारित भएको थियो । ‘कोप–२८ लाई अर्थपूर्ण बनाउनुपर्छ । हामीले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक छ । विकसित देशले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ,’ उनले भने । सन् १९५५ मा नेपाल राष्ट्रसंघको सदस्य बनेपछि नेपाली सुरक्षाकर्मीले विश्वका विभिन्न द्वन्द्वगस््रत मुलुकका कुना–कुना पुगेर शान्ति स्थापनार्थ खटिने गरेका छन् । सन् १९५८ मा लेबनानमा ५ जना सैन्य परिवेक्षक खटाएर नेपालले शान्ति स्थापनाको यात्रा थालेको थियो । त्यसपछि इजिप्टमा पहिलो पटक पुरानो गोर्खा बटालियनको टोलीलाई ‘नीलो हेलमेट’ लगाएर शान्ति सैनिकको रूपमा खटायो । नेपाली सेनाका अनुसार आधा शताब्दीभन्दा बढी विश्वशान्ति स्थापनाको यात्रामा नेपाली सेनाले ४४ ओटा मिसनमा एक लाख ४६ हजार ६ सय ३० सैनिक खटाइसकेको छ । सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकमा शान्ति स्थापनाका लागि काम गरेको छ । गुटेरेसले विश्व शान्तिका लागि पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे । ‘राष्ट्रसंघ र नेपाल पुराना मित्र हुन् । हाम्रो सहकार्य गहन छ । नेपाल लामो समयदेखि राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अति कम विकसित मुलुकको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशका लागि प्रभावशाली आवाज भएको छ । र, यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ,’ उनले भने, ‘विश्वका सबै राष्ट्रमध्ये नेपाल राष्ट्रसंघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो ।’ उनले आफ्नो वक्तव्यको बीचमा नेपालबाट शान्ति मिसनमा खटिएर ज्यान गुमाउनेहरूप्रति एक मिनेट संयुक्त सदनलाई नै मौनधारण गराएका थिए । नेपाली सेनाबाट शान्ति सेनामा काम गर्ने क्रममा ७३ जनाको ज्यान गएको छ भने ६६ जना चोट लागेर अपांग छन् । सम्बोधन क्रममा गुटेरेसले मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य रहेको बताए । ‘म यहाँ पहिलो पटक सन् १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, छक्क परेको छु । र, यो यात्रा पनि कुनै अपवाद होइन । विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसग सधैं रहनेछन्,’ सम्बोधनको सुरुआतमै महासचिव गुटेरेसले भनेका थिए । ‘गरिबी र भोकमरीमा दशकौंको प्रगति उल्टिँदै छ । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदै छ । परिवार होस् वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दै छन् । महिलाको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ । हिंसा र द्वन्द्व चुलिएका छन्,’ उनले भने, ‘मध्यपूर्व (पश्चिम एसिया) को द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितमध्ये धेरै नेपाली थिए । राष्ट्रको समग्र हितमा संयुक्त राष्ट्रसंघका महासचिवले बोल्न सक्ने अधितकम सीमाभित्र रहेर उहाँले बोल्नुभयो । यो नेपाल र नेपालीको निम्ति निकै खुसी र गर्वको कुरा हो । नेपालको संसारभर सबै मित्र छन् संसारले नेपाललाई माया गर्नुपर्छ, सबैले मित्रको रूपमा सहयोग गर्नुपर्छ । जलवायु परिवर्तन र गरिबी निवारणसम्बन्धी सबै उपलब्ध गराउने वाचा गरिएको घोषित रकम नेपाललाई दिनुपर्छ । योभन्दा ठूलो कुरा उहाँ (महासचिव गुटेरेस) ले भन्ने के हुन्छ र । मैले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय समुदायको समग्रमा सबैको सहयोगको वातावरण देखेको छु । अहिले यो भ्रमणको सफलता र मेरो निम्तोमा उहाँ आउनुभयो । यो भ्रमण नेपाल र नेपालीको निम्ति सफल भयो । यो खुसी र गर्वको कुरा हो । योभन्दा बढी म अहिले भन्न चाहन्नँ । नेपालको बारेमा र नेपालको शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघका महासचिवको यति राम्रो धारणा छ । तर दुर्भाग्य, हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो । त्यो भने दुर्भाग्यपूर्ण छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले केही महत्त्वपूर्ण विषय प्रकाश पार्नुभएको छ । नेपालको संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरणको बारेमा, त्यसैगरी गरिबी निवारणको बारेमा, शान्ति प्रक्रियालाई टुंग्याउने बारेमा विभिन्न विषयमा प्रकाश पार्नुभएको छ । नेपालको र नेपाली राष्ट्रको उहाँले राम्रो मूल्यांकन गर्नुभएको छ । गरिब देशहरूलाई सम्पन्न र धनी देशहरूले सहयोग, समर्थन गर्नुपर्छ र संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिबद्धताअनुरूप वातावरणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंसा गर्नुभएको छ । शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर संक्रमणकालीन न्यायमा उनीहरूलाई उपलब्ध गराएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावसमेतलाई ध्यानमा राखेर समाधान गर्नुपर्छ, सकेसम्म छिटो समाधान होस् भन्ने कामना गर्नुभएको छ । म मेरो पार्टीका तर्फबाट उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु । हामी सिंगो संसद्ले उहाँलाई धन्यवाद भनेका छौं । उहाँको सम्बोधन संक्षिप्तमा भन्दा धेरै राम्रो छ । पर्यावरणको समस्यालाई उहाँले प्रत्यक्ष रूपमा आफैंले देखेको अनुभूत गरेको कुरा बताउनुभएको छ । यसले पनि विश्वको ध्यान आकर्षित गर्छ भन्ने कुरा छ । विकसित देशहरूले नेपालमा जलवायु परिवर्तनले पारेको असरको जिम्मेवारी बोक्नुपर्छ भन्ने उहाँको भनाइ थियो । विश्व शान्तिको सन्दर्भमा नेपालको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभएको छ । सेना र प्रहरी शान्ति सेनाको रूपमा नेपालको चर्चा गर्नुभएको छ । उहाँले विभिन्न ठाउँको भ्रमण गर्नुभयो । लुम्बिनीको गौतम बुद्धको जन्मस्थल नेपालमा पर्दछ भन्ने कुरा, अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्नुभएको छ त्यसले नेपालप्रतिको मर्यादा व्यक्त हुन्छ । उहाँको भ्रमणले गौरवान्वित तुल्याएको छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हामीले गर्नैपर्छ । यसमा विश्व समुदायको समर्थनको अपेक्षा गर्दछौं । यो मुख्यतः हाम्रो पहल, योजना र तत्परतामा हल हुने कुरा हो । अनमिनले नेपालबाट बिदा लिएपछि द्वन्द्व भड्किन्छ, रगतको खोलो बग्छ भनेका थिए । त्यसलाई गलत हो भन्ने साबित गरेका छौं । महासचिव गुटेरेसले नेपाल संसारलाई माया गर्छ र संसारले पनि नेपालाई माया गर्नुपर्छ भनेर नेपालका बारेमा संसारभर असल सन्देश दिनुभएको छ । संक्रमणकालीन न्यायका बारेमा नेपाली नेताहरूले नै नेतृत्व गरेर यसलाई पूर्णता दिनुपर्छ र त्यसमा राष्ट्रसंघ हमेसा नेपालको साथमा छ भनेर उहाँले भन्नुभएको छ । संक्रमणकालीन न्यायलाई नेपाली मोडेलमै नेपाली नेतृत्वमा टुंग्याउने कुरालाई सहयोग गर्ने आश्वासन दिनुभएको छ । जलवायु परिवर्तनका लागि नेपालले धेरै महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको छ, वनजंगलको सवालमा तर त्यसका कारणले नेपाल नै ठूलो नोक्सानीमा परेको कुराप्रति संसारको ध्यानाकर्षण गराउनुभएको छ । ऐतिहासिक रूपले नेपालले पछिल्लो समयमा प्राप्त गरेका उपलब्धिहरूका बारेमा संविधान निर्माणको सवाल होस् या शान्ति प्रक्रियालाई ठीक ढंगले टुंग्याउने सवाल होस् या मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा रुपान्तरण गर्ने सवालमा महत्त्वपूर्ण कामको उहाँले प्रशंसा गर्नुभएको छ ।

Like