Saturday, October 17, 2026
Latest:
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

मान्यजनबाट प्रसाद र आशिर्वाद आजपनि ग्रहण गरिँदै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १०,

मुलुकमा विजयादशमीको दिनदेखि सुरु भएको टिका थाप्ने क्रम आज चौथो दिन पनि जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ। विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ। घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ। विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्। टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ। काठमाडौैँ उपत्यकाबाट गाउँ गएकाहरू पनि विस्तारै काठमाडौँ फर्किन थालेकाले पनि बजार र सडकमा भिडभाड देखिन थालेको छ।

Like