निष्कर्षविहीन मै कांग्रेस कार्यसम्पादन समिति बैठक

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिएका छन्। ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए। सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो। कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन्।

Like