अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

१९ औं एसियाली खेलकुदफ्मा मंगोलियाविरुद्ध नेपालले १० ओभरमा १२२ रन बनायो

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १०,

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा विहान ६ स्४५ बजे देखि सुरु भएको यो खेलमा मंगोलियाले टस जितेर नेपाललाई पहिलाब्याटिङ गर्ने निम्तो दिएको हो। १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ । नेपालका लागि कुसल मल्लले अर्धसतक पुरा गरेका छन । उनी ६३ रन बनाएर क्रिजमा छन । उनले २१ बलमा ४ चौका र ६ छक्का सहित ६३ रन बनाएका हुन। नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़ तथा दोश्रो विकेट कुसल भुर्तेललाई गुमाएको हो। कुसल भुर्तेल १९ तथा आसिफ शेख १६ रनमा आउट भए।अहिले कप्तान रोहित पौडेल र कुसल मल्ल खेलिरहेका छन । मल्ल ६३ तथा पौडेल ८ रनमा नट आउट रहेका छन। ताजस्थीतमा नेपालले १०ओभरमा २विकेट गुमाएर १२२ रन बनाएको छ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ । समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्। मंगोलियाले पहिलो चोटी अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको हो।एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।

Like