दोभान युवा क्लव ब्यास-१ भादगाउँले प्रथम भोटीबजार तथा तनहुँको साँस्कृतिक एवं पर्यटन महोत्सव सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, आश्विन ७,

दोभान युवा क्लव ब्यास-१ भादगाउँले प्रथम भोटीबजार तथा तनहुँ साँस्कृतिक एब्म् पर्यटन महोत्सव सम्पन्न गरेको छ। भदौ २७ गते देखि असोज ७ गते सम्म उक्त साँस्कृतिक तथा पर्यटन महोत्सव संचालन गरिएको हो । समापन कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगरपालिकाकाकि उपप्रमुख इन्द्रिरा दरै ले नेपाली भाषा,कला ,संस्कृति , जैविक ,ऐतिहासिक ,धार्मिक विविधताको संरक्षण संवर्धान र प्रवर्द्धन गराउन र स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई थप प्राथमिकता दिन यश महोत्सव सफल भएको बताईन। उप प्रमुख ईन्दिरा दरैले कृषि ,उधोग,पर्यटन , शिक्षा ,स्वास्थ्यमा सर्व सुलभ ढंगबाट सेवा पुर्याउदै अान्तरिक एब्म बाहिय पर्यटक भित्र्याउने ल्क्ष्यका साथ महोत्सव अायोजना गरिएको प्रति खुसी ब्याक्त गरिन। द दोभान युवा क्लबका अध्यक्ष नलसिंह दरैले पर्यटन प्रवर्द्धन गराउन र लोप हुन लागेको कला संस्कृति भाषा र सभ्यतालाई जोगाउन महोत्सवले थप टेवा पुगेको बताए ।

कार्यक्रममा ब्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खले , निवर्तमान ब्यास १ का वडा अध्यक्ष खरसिंह दरै ,समाजसेवी ऋषिराम ढुङ्गाना लगाएतले महोत्सव सब्य एब्म भब्य रुपले समापन गराउन विभित्र संचार माध्यम ,राष्ट्रिय तथा स्थानीय कलाकार ,दोभान युवा कल्वका पदाधिकारी र नेपाल प्रहरीहरुको भरपुर सहयोग भएको भन्दै खुसी ब्याक्त गरे। कार्यक्रम दोभान युवा क्लवका सभापति नलसिह दरैको सभापतित्वमा सम्पन्न भएको थियोे भने संचालन सुमन वस्नेतले गरेका थिए।

Like