अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

‘शिव शक्ति’ पोइन्ट ‘चन्द्रयान अवतरण भएको स्थान – प्रधानमन्त्री मोदी

Share to:

एजेन्सी, भाद्र ९,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रमामा ल्यान्डर अवतरण गरेको ठाउँलाई ‘शिव शक्ति’ पोइन्ट भनिने बताएका छन् । मोदीले सो कुरा शनिवार बिहान बेंगलुरुमा रहेको इसरोको नेटवर्क कमाण्ड सेन्टर पुगेर यहाँका वैज्ञानिकहरूसँग भेटघाटका क्रममा भनेका हुन् । मोदीले थपे, ‘एकातिर विक्रमको विश्वास छ, अर्कोतिर प्रज्ञानको बहादुरी छ । हाम्रो प्रज्ञानले निरन्तर चन्द्रमामा आफ्नो पाइलाको छाप छोडिरहेको छ । विभिन्न क्यामेराबाट खिचिएका तस्बिरहरू अचम्मका छन् । पृथ्वीको करोडौँ वर्षको इतिहासमा पहिलो पटक मानिसले आफ्नो आँखाले त्यो ठाउँको तस्बिर देखिरहेका छन् । यो तस्बिर विश्वलाई देखाउने काम भारतले गरेको छ ।’ मोदीले सो कुराकानीमा भने, ‘चन्द्रमाको त्यो भाग जसमा हाम्रो चन्द्रयान अवतरण भएको छ । चन्द्रयान– ३ को चन्द्रमा अवतरण गर्ने ठाउँ अब शिव शक्तिको नामले चिनिनेछ ।’ अगस्ट २३ मा भारतले चन्द्रयानलाई सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो र भारतको रोभर प्रज्ञानले चन्द्रमामा आफ्नो गतिविधि सुरु गरेको छ । सो अवसरमा इसरोका वैज्ञानिकहरूले मोदीलाई चन्द्रयानको मोडल पनि प्रस्तुत गरेका छन् । बैंगलोरमा रहेको इसरोको केन्द्रमा प्रधानमन्त्री मोदीले वैज्ञानिकहरूबाट प्रज्ञान रोभरको जानकारी समेत लिएका छन् । वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले भने, ‘म दक्षिण अफ्रिकामा थिएँ, त्यसपछि ग्रिस गएँ, तर मेरो दिमाग पूर्ण रूपमा तपाईंहरूमा केन्द्रित थियो । कहिले काहीँ लाग्छ म तपाईंहरुलाई अन्याय गर्छु । मेरो अधैर्य र तपाईंहरुको समस्या । तपाईंहरु यति बिहानै आउनुपर्‍यो तर तपाईंहरुलाई कहिले भेटौँ र नमन गरौँ जस्तो लागिरहेको थियो ।’ आँसु रोक्दै मोदीले भने, ‘स्यालुट तपाईंहरुको परिश्रमलाई, स्यालुट तपाईंहरुको धैर्यलाई, स्यालुट तपाईंहरुको लगनलाई । स्यालुट तपाईंहरुको जोसलाई, स्यालुट तपाईंहरुको आत्मालाई ।’ मोदीले भावुक हुँदै भने, ‘म भारत आउने बित्तिकै छिटोभन्दा छिटो तपाईंहरुको दर्शन गर्न चाहन्थेँ । तपाईंहरु सबैलाई स्यालुट गर्न चाहन्थेँ ।’ आँसु रोक्दै मोदीले भने, ‘स्यालुट तपाईंहरुको परिश्रमलाई, स्यालुट तपाईंहरुको धैर्यलाई, स्यालुट तपाईंहरुको लगनलाई । स्यालुट तपाईंहरुको जोसलाई, स्यालुट तपाईंहरुको आत्मालाई ।’ मोदीले थपे, ‘तपाईंले देशलाई जुन उचाइमा पुर्‌याउनु भएकाे छ, त्यो कुनै सामान्य सफलता होइन, यो असीम अन्तरिक्षमा रहेको भारतको वैज्ञानिक क्षमताको शङ्ख हो । भारत चन्द्रमामा छ । कोही नपुगेको ठाउँमा पुग्यौँ । हामीले त्यो काम गर्‍यौँ जुन यसअघि कसैले पनि गरेका थिएनन् । यो हो आजको भारत, निडर भारत, जुझारु भारत । यो त्यो भारत हो जसले नयाँ सोच्दछ, नयाँ ढङ्गले सोच्दछ । अँध्यारो क्षेत्रमा गएर पनि संसारमा उज्यालोको किरण फैलाउँछ ।’ ‘आज सारा विश्वले हाम्रो प्रविधि र वैज्ञानिक सोचको क्षमता बुझिसकेको छ । चन्द्रयान महाअभियान भारतको मात्र होइन सम्पूर्ण मानव जातिको सफलता हो,’ मोदीले भने । ‘हाम्रो मिसनले जुन क्षेत्रको अन्वेषण गर्नेछ, त्यसले सबै देशहरूलाई चन्द्रमामा जानका लागि नयाँ बाटो खोल्नेछ । यसले चन्द्रमाको रहस्य मात्र खोल्ने छैन, पृथ्वीका चुनौतीहरू समाधान गर्न पनि मद्दत गर्नेछ ।’ मोदीले भने, ‘२१ औँ शताब्दीमा यही भारतले विश्वको सबैभन्दा ठुलो समस्या समाधान गर्नेछ ।’ प्रधानमन्त्रीले चन्द्रयानको अवतरण र रोभरको निकासको प्रस्तुति पनि हेरे । प्रज्ञान रोभर ल्यान्डरको ५०० मिटर भित्र रहनेछ र चन्द्रमाबाट नमुना सङ्कलन गर्नेछ ।

Like