अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

पाकेको आँखालाई बरफले लगातार सेके हुन सक्छ थप समस्या

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २,

मुलुकमा आँखा पाकेमा लगातार बारफले सके थप समस्या आउन सक्छ भने आइसले सही तरिकाले आँखा सेक्न नजानेर उल्टै थप समस्या आउन सक्ने पाटन अस्पतालले जनाएको छ । ‘आइसले लगातार लामो समयसम्म आँखा सेकेर उल्टै थप समस्या दिएर आउने बिरामी धेरै भएसफ छन् ।’ यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब दुई साताअघि आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ? भनेर जानकारीमूलक सूचना जारी गरेको थियो । सो सूचनामा भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफै निको हुने जानकारी दिएको छ । बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने भन्ने उल्लेख गरिएको थियो । जसले आइसले लामो समयसम्म आँखा सेकेका छन्, उनीहरूमा अत्यधिक पोल्ने, दुख्ने, आँखाको डिल अत्यधिक मात्रामा सुनिने, आँखा भित्रका झिल्ली पनि सुनिने, रातोपन झन् बढ्ने, झिल्ली फुलिएपछि दुखाई धेरै भई आउने गरेको उल्लेख गरेका छन् । सोही सूचनालाई आधार मान्दै घरमा बसेर आँखा बन्द गरेर बरफले आँखा सेक्दा वा सफा रुमालमा राखेर सेक्ने भनिए पनि कसरी कति पटक, कस्तो पानीको आइसले सेक्ने भन्ने पूर्ण जानकारी नराख्दा आँखामा थप समस्या बढेको आँखा रोग विशेषज्ञहरूको भनाइ छ । चिकित्सक र सम्बन्धित निकायबाट आँखा पाक्दा आइसले आँखा सेक्नु भनेर पठाइन्छ । त्यसपछि बिरामीले चिकित्सकहरूको भनाइअनुसार सिधै आँखामा पानी चुहाउँदै आइसले सेक्दा झन् समस्या उत्पन्न हुन्छ । ‘बिरामीलाई सल्लाह दिँदा आइसलाई सफा पोलिथिन राखेर सफा कपडाले चारैतिर बेरेर कपडाले आफूले सहन सक्ने गरी सेक्न सल्लाह दिदै ‘आँखा पोलेर दुखेर आत्तिएका हुन्छन् । आइसले आँखा सेक्दा आनन्द पनि हुन्छ । तर, लगातार लामो समयसम्म सेक्दा थप असर गर्छ ।’ पानी चुहाउँदै लामो समयसम्म एकोहोरो आइसले मात्रै सेक्दा सङ्क्रमण भएको आँखामा थप समस्या उत्पन्न हुने, ‘लगातार आइसले सेक्दा आँखामा रगत सञ्चालन नहुँदा झन् समस्या उत्पन्न हुन सक्छ ।’ आइस सफा पानीको बनाउनुपर्छ । आइसलाई सफा प्लास्टिकमा बाँधेर कपडामा बेरेर सहन सक्ने गरी ५ देखि १० सेकेण्डसम्म सेक्ने, छाड्ने गर्नुपर्छ । त्यस क्रमलाई बिहान बेलुका बढीमा १० मिनेट मात्रै सेक्न सल्लाह छ । उमालेको पानीलाई चिसो बनाएर आँखाभित्र भएको आँसु र कचेरालाई पहिला मज्जाले सफा गरेर मात्रै औषधि राख्न सुझाव छ । स्वास्थ्यकर्मीको सल्लाहमा आँखामा बिहान बेलुका एक–एक थोपा औषधि हाल्न उनको सुझाव छ । पाकेको आँखा आइसले किन सेक्ने भन्ने कुरा बुझ्न जरुरी छ । सफा पानीबाट बनेको आइस वा पानीले सेक्दा आँखा रातो हुने र चिलाउने अवस्थालाई कम गर्ने सक्छ । ‘पाकेको आँखाको रक्तनली ठुलो हुन्छ । आइसले ठुलो भएको रक्तनली सेक्दा चिसोका कारण सानो हुँदै जान्छ । चिसोले सेकेपछि रातो कम हुँदै जान्छ । आँखामा चिलाउने तत्व निस्कन कम हुन्छ । त्यसैले, आँखाको बाहिरको भाग रातो हुँदा आइसले सेक्न भनिएको हो । जहाँ आइसको उपलब्धता हुँदैन, सफा चिसो पानीले पटक पटक आँखा सफा गर्नुपर्छ । दुइटै आँखा रातो छ भने छुट्टाछुट्टै आइसले सेक्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आँखा पाकेका बिरामीले यसरी ध्यान दिनुपर्छः
– आँखा नमिच्ने र आँखामा धेरै पानी नछ्याप्ने ।
– आँखा छोइसकेपछि साबुन पानीले मिची मिची राम्रोसँग हात धुने ।
– प्रशस्त मात्रामा पानी पिउने र पोसिलो खाना खाने ।
– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।
– सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।
– सङ्क्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधी प्रयोग गर्ने । दृष्टि कम हुने लगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्य संस्थामा जाने गरौ ।

Like