Sunday, October 25, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

माधव कुमार नेपाल वेदुराम भुषाललाई कार्यवाहक अध्यक्ष दिएर दुई साताका लागि विदेशिए

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २२,

मुलुकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार विहान जेनेभा प्रस्थान गरेका छन्। आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको आदेशको दोस्रो दिनमै नेपाल दुई साताका लागि विदेश हिडेका छन् । भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

Like