बैठकमा निर्णयप्रति महामन्त्री गगन थापाको ‘नोट अफ डिसेन्ट’ सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेखे कारबाही गर्ने कांग्रेसको निर्णय सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेखे कारबाही गर्ने कांग्रेसको निर्णय
रासंसा/काठमाण्डौ, श्रावण ११,
मुलुकमा बाहिर–बाहिर पदाधिकारीबाटै चर्को आलोचना। संसदीय दलको नेता फेर्नेदेखि विशेष महाधिवेशनको बहसले कांग्रेसको राजनीति निकै तरंगित थियो। सामाजिक सञ्जालमार्फत ‘महामन्त्री’हरू नेतृत्वविरुद्ध विषवमन गर्ने गरेको भन्दै देउवा पक्षीय नेताहरूले सामाजिक सञ्जालका गतिविधिमा ‘नियन्त्रण’ गर्नुपर्ने माग गरे। देउवाले पनि ‘सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्ने प्रस्ताव पारित’ भएको घोषणा बैठकमा गरे। एक वर्षपछि बसेको केन्द्रीय समितिमा नेतृत्वको कडा आलोचना हुने ‘शंका’ पार्टी सभापति शेरबहादुर देउवालाई पनि थियो। तर, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएको बैठकमा भने त्यस्तो भएन। ‘धेरै आलोचना होला भन्ठान्याथेँ, कम भयो,’ बुधबार बैठकको समापनमा देउवाले ठट्टा गर्दै भने–साथीहरूलाई धन्यवाद।’ हुन पनि, जे अपेक्षा गरिएको थियो, आठ दिनसम्म चलेको बैठकमा भिन्न दृश्य देखा परे। सभापति देउवाको आलोचना गर्नेभन्दा उनको पक्षमा केन्द्रीय नेताहरू कस्सिएर बैठकमा प्रस्तुत भए। देउवा पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँणको निलम्बनसम्बन्धी प्रस्ताव बैठकको एजेन्डा पनि बनेन्। संस्थापन इतर नेताहरूले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई निलम्बन गर्नुपर्ने माग गरेका थिए। बैठकमा निर्णयमा चित्त नबुझेको भन्दै महामन्त्री गगन थापाले ‘नोट अफ डिसेन्ट’ राखेका छन्। कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ। सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने पनि निर्णय कांग्रेसले गरेको छ। बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन, कोही निर्दोष नफसून् भन्ने नीति लिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। एक वर्षपछि बसेको केन्द्रीय समितिमा नेतृत्वको कडा आलोचना हुने ‘शंका’ पार्टी सभापति शेरबहादुर देउवालाई पनि थियो। तर, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएको बैठकमा भने त्यस्तो भएन। ‘धेरै आलोचना होला भन्ठान्याथेँ, कम भयो,’ बुधबार बैठकको समापनमा देउवाले ठट्टा गर्दै भने–साथीहरूलाई धन्यवाद।’ हुन पनि, जे अपेक्षा गरिएको थियो, आठ दिनसम्म चलेको बैठकमा भिन्न दृश्य देखा परे। सभापति देउवाको आलोचना गर्नेभन्दा उनको पक्षमा केन्द्रीय नेताहरू कस्सिएर बैठकमा प्रस्तुत भए। कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा भने १५ बुँदे प्रस्ताव पारित गरेको छ। प्रवक्ता प्रकाशशरण महतले पार्टीले भ्रष्टाचारलाई जघन्य अपराधको रूपमा लिएको बताए। ‘आरोप लागेकालाई अदालतले छानबिन गर्छ’, महतले भने, ‘अभियोग लाग्दैमा दोषी भन्दै प्रमाणित हुँदैन।’ कांग्रेसले नीति अधिवेशन नगर्ने भएको छ। पार्टीको १४औं महाधिवेशनले ६ महिनाभित्र नीति अधिवेशन गर्ने निर्णय गरेको। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ। महामन्त्री शर्माले मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय भएको जानकारी दिए। एक वर्षपछि बसेको केन्द्रीय समितिमा नेतृत्वको कडा आलोचना हुने ‘शंका’ पार्टी सभापति शेरबहादुर देउवालाई पनि थियो। तर, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएको बैठकमा भने त्यस्तो भएन। ‘धेरै आलोचना होला भन्ठान्याथेँ, कम भयो,’ बुधबार बैठकको समापनमा देउवाले ठट्टा गर्दै भने–साथीहरूलाई धन्यवाद।’ हुन पनि, जे अपेक्षा गरिएको थियो, आठ दिनसम्म चलेको बैठकमा भिन्न दृश्य देखा परे। सभापति देउवाको आलोचना गर्नेभन्दा उनको पक्षमा केन्द्रीय नेताहरू कस्सिएर बैठकमा प्रस्तुत भए। आठ दिनसम्म चलेको कांग्रेस बैठकको समापनको क्रममा सभापति देउवा रोचक रूपमा प्रस्तुत भए। महामन्त्री शर्मा र उपसभापति पूर्णबहादुर खड्का सहितले विभिन्न निर्णयबारे जानकारी गराएसँगै सभापति देउवाले बोलेका थिए। पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा राखिँदै आएको विषय र वेभ पेज दुरुपयोग गर्नेलाई कारबाही गर्ने भन्ने प्रस्ताव नदेखेपछि पार्टीका प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए। ‘तपाईँहरू आफुखुसी निर्णय प्रस्ताव राख्ने र हटाउने गर्नुहुन्छ ? सभापतिजीलाई सोध्नुपर्दैन ?’ महतले आक्रोश पोखे। त्यो सुन्नेबित्तिकै देउवाले आक्रोश पोख्दै भने, ‘शेरबहादुर भन्ने छ त। मलाई ल्याउ मलाई। शेरबहादुर भन्ने मान्छेलाई चिन्या छ ?’ देउवाले महामन्त्रीहरूलाई इंगित गर्दै भने, ‘तपाईंहरू आफैं जान्ने हुनुभयो। मसँग सल्लाह गरेर लेख्नुपर्यो नि ! एउटा कुरा सुन्नूस्। प्रकाशले भनेको कुरा सुन्नुभयो नि !’ बैठकले गएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताहरूको कारबाही फुकुवा गरेको हो। कांग्रेसले कुनै पनि माग राखेर आन्दोलनको क्रममा मोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ। बैठकमा प्रस्ताव माथि अन्य सदस्य बोल्दै गर्दा देउवाले बीच–बीचमा भन्दै थिए, ‘छोटो बोल्नुहोस् छोटो बोलेका कुरा दोहोर्याउने काम नगरौं। मान्छेको नाम लेखेर दिनुहोस् है नत्र बिर्सिन्छ।’ कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर विजयी भएका १४ जनाको कारबाही फुकुवा गरेको छ। केन्द्रीय समितिको बैठकको आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, मोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए। उनले भने, ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरूमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, मोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ।’