वेद व्यासको जन्म जयन्ती मनाइयो
अन्जराज न्यौपाने/तनहुँ, आषाढ १९,
४बेद १८ पुराणका रचयिता २८अौ भगवानबेद ब्यासको जन्म दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले भगवान बेदब्यासको जन्म भुमि तनहुँलाई विश्वमाँझ पहिचान गराउन कुल ६४ करोडको लागतमा १०८ फिट अग्लो ब्यास भगवान्को विशाल मुर्ति निर्माणाधीन अवस्था रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले नेपालमै पहिलोपटक तामाको विशाल मुर्ति निर्माण भए सगै तनहुँ को अार्थिक,सामाजिक ,राजनैतिक ,भौगोलिक र पर्यटकीय क्षेत्रको विकासमा प्रचुर संभावना रहने बताए । ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले भगवान वेद ब्यासको जन्म स्थल तनहुँलाई विश्वमाँझ पहिचान गराउन सबै सामाजिक शक्ति एक भएर लाग्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा ब्यासका अध्येता काशीनाथ न्यौपाने ,वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय संरक्षक शान्ति स्वरुपानन्द्र दामोदर बाबा लगाएतका बक्ताहरुले तनहुँ भगवान् बेदब्यासको जन्म स्थल,महर्षि पराशरको तपोभुमि ,अादिकवि भानुभक्त अाचार्यको जन्म घर भएको भन्दै मादी र सेतीको संगमस्थल पवित्र कृष्णदैपायनको दर्शनकालागि देशविदेशका वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व ब्यास क्षेत्र शिवपान्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईले गरेका थिए।