महेश बर्तौलाको भनाई, एमालेले चाहे एक हप्तामा सरकार ढाल्न सक्छ

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ५,

मुलुकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताए। ‘यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन। यदि एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने। उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए। यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए। एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि उनले बताए। एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए।

Like