विदेशी मह विक्री, नेपाली मह गोदाममै, आयातित महको मारमा नेपाली मह

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ७,

मुलुकमा ‘व्यवसायिक रुपमा उत्पादन गर्ने किसानको मह घरमै थन्किएको छ । न्यौपानले भने, ‘अझै दुई टन मह घरमै छ । यति धेरै मह कहिले विक्री हुने हो, थाहा छैन ।’ दाङको घोराही नगरपालिका–१७ का मदन न्यौपाने मह विक्री नहुँदा चिन्तित छन् । उनले उत्पादन गरेको दुई टन मह विक्री हुन बाँकी छ । मुख्य गरी कात्तिकदेखि उत्पादन भएको मह पहिले त वैशाखभित्रै सबै विक्री भइसक्थ्यो । तर, यसपाली जेठ लागि सक्यो, अझै विक्री हुन नसकेको उनी बताउँछन्। अहिले फेरि नयाँ मह उत्पादन सुरु हुने बेला भएकाले थप मह स्टक हुनेछ । यसरी मह विक्री नभएसँगै व्यवस्थापनको अर्को चिन्ता पनि थपिएको छ । नेपाल मह व्यवसायी संघका अनुसार नेपाली किसानहरुले उत्पादन गरेको मह खरिद नगरेर भारतबाट मह आयातमा बढी प्राथमिकता दिइएको छ । किनकि आयात गरेको मह एक सय रुपैंया प्रति केजीमा पाइन्छ । जबकि शुद्ध महको सरदर ४ सय रुपैंया प्रति केजी मूल्य छ । अहिले उनले मेलिफेराको जातिको करिब दुई मौरीको घारबाट हरेक वर्ष ३५ सय केजी मह उत्पादन गर्दै आएका छन् । नक्कली मह उत्पादन गरेको भनेर अहिले महका ठुला व्यवसायीहरु धमाधम पक्राउ परेकाले उपभोक्तामा नकारात्मक असर परेको उनको बुझाई छ । किसानले उत्पादन गरेको मह घरमै थन्किए पनि बजारभरी मह नै मह देखिन्छ । महको गुणस्तरबारे नियमित अनुगमन हुन सकेको छैन । किसानले उत्पादन गरेको मह घरमै थन्किए पनि बजारभरी मह नै मह देखिन्छ । महको गुणस्तरबारे नियमित अनुगमन हुन सकेको छैन । न्यौपाने भन्छन्, ‘शुद्ध मह जमेको हुन्छ । उपभोक्ताले नचिन्दा नक्कली महमा केही मात्रामा नेपाली मह मिसाएर बजारीकरण गरिएको हुन्छ । व्यवसायीहरुलाई यसबाट नाफा धेरै हुन्छ । तर उपभोक्ता ठगिन्छन् ।’ सरकारले नेपाली किसानलाई प्रशस्त अनुदान दिन नसक्दा यहाँ भारत र चीनको तुलनामा उत्पादन लागत महँगो हुने गरेको छ । नेपाली मह प्रति केजी ४ सय रुपैंया उत्पादन लागत पर्दा पनि व्यापारीहरुले दुई सय रुपैंया दिन पनि हिच्किचाउँछन् । किनकि उनीहरुले सय रुपैंयाको मह ल्याएर बेचिराखेका छन्। न्यौपानेले कारण खुलाए, ‘खास त्यही भएको हो, हाम्रो मह विक्री नभएको कारण ।’ नेपाली महमा मिसावट हुन्छ भन्ने अफवाह जनमानसमा परेको गलत बुझाइले पनि स्थानीय किसानद्वारा उत्पादित गुणस्तरीय मह बिक्री हुन नसकेको मोरङका मौरी व्यवसायी किसान इमनाथ पोख्रेल बताउँछन्। त्यसैगरी, दाङकै माधव केसीको पनि अझै १० टन मह विक्री हुन सकेको छैन। ‘पहिला जुन होलसेल पसलमा विक्री हुन्थ्यो, अहिले त्यो होलसेल पसलेले किनिदिएनन् ।’ केसी भन्छन्, ‘हाम्रो मह खुद्रमा विक्री हुँदैन । विक्री हुने भनेको होलसेलमा मात्रै हो ।’ होलसेल पसलेहरु नै नक्कली महमा लागेकोमा उनको चित्तदुखाई छ । नेपालमा हाल एक लाख ४० हजारभन्दा बढी मौरीको घार रहेको अनुमान छ । यहाँ मुख्यतः मेलिफेरा र सेराना प्रजातिका मौरी पालिन्छन् । यूरोपेली प्रजातिको मेलिफेराको एक घारबाट वार्षिक ४० देखि ५० किलो मह उत्पादन हुन्छ भने सेरेना प्रजातिले आठदेखि १० किलो मह उत्पादन गर्ने व्यवसायी बताउँछन्। राज्यले आयात भएको महलाई कडाई गरेर नेपाली महलाई बढी प्राथमिकता दिनुपर्ने उनको जिकिर छ । लागेको लागत मुल्य बराबरको किसानले मुल्य नपाउने भएपछि धेरै साना मौरी व्यवसायी किसानहरु पलायन हुने अवस्थामा रहेको उनले बताए। उनको पनि गत वर्षको केही स्टक बाँकी नै छ । कोभिड–१९ महामारीमा समेत महको बिक्री राम्रो भएको थियो। अहिले भने अफवाहले अप्ठ्यारो भएको उनले बताए। पोख्रेल भन्छन्, ‘केही व्यवसायी साथीहरुले विदेशबाट मह आयात गर्दै ताल परे कीरा परेको मह ल्याएर बेच्छन् । त्यसैले, नेपाली महको बजार घट्दो छ ।’ प्युठान नगरपालिका–४ का रामचन्द्र सुवेदीले मेलिफेरा जातका प्रति घारबाट ३० केजी मह उत्पादन गर्दै आएका छन् । ८० घार मेलिफेरा जातको मौरीबाट बार्षिक २४ सय केजी मह उत्पादन हुन्छ । तर, नेपाली महले बजार पाउन मुस्किल भएको उनको पनि गुनासो छ । मिसावटको अफवाह फैलिएका कारण गत वर्ष र यस वर्ष उत्पादित बिक्री नहुँदा देशभरका १५ हजारभन्दा बढी किसान आर्थिक मारमा छन् । जबकि गत आर्थिक वर्षमा करिब पाँच लाख केजी बराबरको ११ करोड ७८ लाख ८५ हजार रुपैंयाको मह आयात भएको थियो । नेपालमा भुटान, भारत, चीन, कतार, यूएई, पोर्चूगल, अमेरिका, अष्ट्रेलिया, बेलायतबाट प्राकृतिक मह आयात हुने गर्छ। भन्सार विभागको तथ्याङ्कअनुसार कृत्रिम मह बुल्गेरिया र चीनबाट आयात हुने गर्छ । नेपालमा हाल एक लाख ४० हजारभन्दा बढी मौरीको घार रहेको अनुमान छ । यहाँ मुख्यतः मेलिफेरा र सेराना प्रजातिका मौरी पालिन्छन् । यूरोपेली प्रजातिको मेलिफेराको एक घारबाट वार्षिक ४० देखि ५० किलो मह उत्पादन हुन्छ भने सेरेना प्रजातिले आठदेखि १० किलो मह उत्पादन गर्ने व्यवसायी बताउँछन्।

Like