मन्त्रिपरिषद् विस्तार नै १०औँपटक, नवनियुक्त मन्त्रीले लिए शपथ

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २४,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई मन्त्रीका नियुक्त गरेका थिए । यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्तमन्त्री आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।

Like