तनहुँमा घण्टी चुनाब चिन्हमा भोट माग्दै जनसागर उर्लियो

Share to:

अन्जनराज न्यौपाने/तनहुँ,बैशाख ३,

मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले चुनाबी सभा अायोजना गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रबिलामिछानेले देश र जनताको हित र मुलुकको चौतर्फी विकासका लागि पार्टी जन्मिएको बताए । अागामी चुनाबमा भारिमतका साथ पार्टीले वहुमत ल्याउने दाबी गरे।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उमेदवार स्वणिम वाग्लेले विकास निर्माणका कामहरुलाई देखिने गरि भौतिक पुर्वाधार र परिणाममुखी तरिकाले अगाडि बडाउने प्रतिवद्दता ब्याक्त गरे । दक्ष जनशक्ति मुलुकबाट पलाएन हुनबाट रोक्ने , कृषि, उर्जा र पर्यटन महंगी ,बेरोजगारी ,गुणस्तरीय शिक्षा र सुविधा सम्पन्न स्वास्थ्य कार्यालय ,पर्याप्त अौषधी सहित दक्ष चिकित्सक दरबन्दीको ब्यबस्थापन गरिने बताए ।ग्रामीण क्षेत्रका पछौटे पन ,भोकमरी ,गुणस्तरीय शिक्षाको कमी ,दक्ष शिक्षकको कमी र खेतीयोग्य जमिन बाँझो रहदा खाध्यनमा समस्या भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले मुलुकमा ब्यवस्था फेरिएपनि अवस्था जिउकातिउ रहेको बताउदै अब मुलुकका भ्रष्टाचारी र अराजक तत्व अागामी बैशाख १० गतेको चुनाबबाट बडारिने बताए ।कार्यक्रममा कुल १० हजार बडीको सहभागीता रहेको थियोे ।

Like