कति जोखिम छ नयाँ भेरियन्ट र यसले फैलिँदै कोरोना संक्रमण
रासंसा/काठमाण्डौ, चैत्र २३,
मुलुकमा नेपालमा एक सातायता दैनिक सरदर ८० व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको तथ्यांक नियाल्दा दैनिक सरदर ५९७ व्यक्तिमा कोरोना देखिएको हो। हालः सक्रिय संक्रमितको संख्या ३५८ रहेको छ। देशभरबाट र्याण्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पीसीआर तथा एन्टीजेन पोजिटिभ नमूनाहरूको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार २४ वटै नमूनामध्ये ओमिक्रोन बीए.वान.वान दुईजनामा,ओमिक्रोन बीए-२ दुईजनामा देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले केहि दिनयता कोरोनाको नयाँ भेरिएन्ट सक्रिय भएको छ। नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सबीबी वान.वान सिक्स’ बढी सङ्क्रामक रहेको पाइएको छ। त्यस्तै ओमिक्रोन एक्सबीबी. वान. १६जनामा, ओमिक्रोन बीए.टु.सेभेन सीक्स- एकजनामा , ओमिक्रोन बिए फाइभ- दुईजनामा,ओमिक्रोन वान.फाइभ- तीनजना,ओमिक्रोन एक्सबीबी.टु.सिक्स- एकजनामा ,ओमिक्रोन एक्सबीएफ- एकजनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड-१९ मा हुने अनुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमितरुपमा अणुवांसिक निगरानी गर्दै आएको छ । नयाँ भेरियन्ट तुलनात्मक रुपमा कम घातक र बढी संक्रामक रहेको चिकित्सकले औंल्याएका छन्। पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी. वान. १६ संक्रमण तीव्ररुपमा फैलिरहेको छ। भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा पनि २४ वटा पीसीआर तथा एन्टीजेन पोजिटिभ नमूनामा १० जनामा भारतमै फैलिएको ओमिक्रोन एक्सबीबी. वान. १६ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले विगत केहिदिनदेखि कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण फैलिएको हुँदा सिमानाकाबाट आवातजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकामा कोराना परीक्षणको व्यवस्था मिलाइएको बताए। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लोपटक भेटिएको भेरिएन्ट डेल्टा भेरियन्टभन्दा तुलनात्मक रुपमा कम घातक रहेको बताए। डा. पुनले भने, ‘यो संक्रामक छ। डेल्टा भेरियन्टभन्दा तुलनात्मक रुपमा कम घातक छ। संक्रमण फैलिने क्रम रहेता पनि तुलनात्मक रुपमा कम घातक छ।’ डा. अधिकारीले भने, ‘नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि वृद्धि हुँदै गएको छ । कोरोना रोकथाम एवं नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावका भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन आग्रह गर्छौं।’ घाँटी दुख्ने,टाउको दुख्ने,ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको चिकित्सक बताउँछन्। डा.पुनले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, कोरोनाविरुद्ध खोप नलाएकाहरू,वृद्वावृद्धा बढि जोखिममा रहने बताए । डा. पुनले यो समय फ्लुको स मयपनि भएकाले सतर्कता अपनाउन आग्रह गरे।
