आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई प्रदान गर्ने निर्णय
रासंसा/काठमाण्डौ, चैत्र २३,
मुलुकमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको जर्सिङ पौवा बैठकद्वारा घाेषणा गरिएको १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीकाे आदर्श पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष तथा केन्द्रीय समितिका पुर्व अध्यक्ष बरिष्ठ पत्रकार किशोर नेपाललाई दिने निर्णय गरिएको छ । शाखाको कार्यालय भृकुटीमण्डपमा बसेकाे बैठकले उक्त निर्णय गरेको हाे।नेपाल पत्रकार संघ काठमाण्डौ शाखाको यही चैत्र २५ गते हुने २३औं साधारणसभामा सो पुरस्कार प्रदान गरिने शाखाले जनाएको छ ।
Like
