आज मन्त्रिपरिषद् विस्तार हुनका लागि मन्त्रालय टुंग्याउन १० दलीय गठबन्धनको बैठक बस्दै,

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा मन्त्रालयको भागबन्डालाई अन्तिम रुप दिन १० दलीय गठबन्धनको बैठक बस्दैछ। आज बिहान बस्ने दलहरूको बैठकले अन्तिम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्ने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए। आज बिहान बस्ने दलहरूको बैठकले अन्तिम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्ने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए। ‘मोटामोटी मन्त्रालय संख्या बारे दलहरूबीच सहमति जुटेको छ। केही मन्त्रालय कुन दललाई दिने बारे अझै सम्झदारी भएको छैन’, सचिव साहले अन्नपूर्णसँग भने, ‘बिहीबार बस्ने दलहरूको बैठकले त्यसको टुंगो लगाएर साँझसम्म प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गर्नुहुन्छ।’ कांग्रेसलाई ८ वटा र माओवादीलाई ५ वटा मन्त्रालय दिने गठबन्धनमा सहमति जुटेको छ। जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी ३/३ वटा मन्त्रालय मागिरहेका छन्। तर, उनीहरूलाई २/२ वटा मात्रै दिने प्रधानमन्त्रीको योजना छ। लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई १/१ वटा मन्त्रालय दिने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्रलाई कति वटा मन्त्रालय दिने बारे गठबन्धन दलमा निर्णय भएको छैन। दलहरूबीच भएको सहमतिअनुसार गृह मन्त्रालय सरकारको नेतृत्व दल माओवादी केन्द्रले राख्ने भएको छ। अर्थ मन्त्रालय भने कांग्रेसले पाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीले लिएको छ। जनता समाजवादी पार्टीलाई कुन मन्त्रालय दिने बारे सहमति जुटेको छैन। मन्त्रिको नाम तय गर्न कांग्रेसले आज बिहान ११ बजे केन्द्रीय कार्यालय वीपीनगरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आजको बैठकले कुन दललाई कुन मन्त्रालय दिने टुंगो लगाउने छ।

Like