निर्वाचन आयोगको वैशाख १० गते नै चितवन, तनहुँ र बारामा एकसाथ उपनिर्वाचन गर्ने तयारी
रासंसा/काठमाण्डौ, चैत्र ५,
मुलुकमा निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ । राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण चितवन क्षेत्र नम्बर २ रिक्त बनेपछि आयोगले आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यसूची तय गरिसकेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘हाम्रो ध्यान मुलभूत रुपमा ४ वटा कुराहरुमा रहेको छ । पर्सी देखिनै चारदेखि पाँच दिनको समय दिएर बारा २ र तनहुँ १ मा निर्वाचनमा भाग लिने दलहरुको दर्ता गर्ने तयारी छ । दोश्रो अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ खाली भएपछि सो स्थानमा पनि एकैदिन उपनिर्वाचन गर्ने तयारी थालिएको हो । उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले सोमबार सपथ लिएलगतै आयोगले रिक्त रहेका क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए । उपनिर्वाचन गर्न सकिने छ । तेश्रो चितवन २ को निर्वाचन कार्यक्रम अनुसार नै चैत १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, चैत २० गते उम्मेदवारी दर्ता गर्ने लगायत बैशाख १० गते नै निर्वाचन गर्ने तदअनुसार नै हाम्रो आन्तरिक तयारी भइरहेको छ ।’ आयोगले प्रतिनिधि सभा सदस्य पदको रिक्त रहेको क्षेत्र बारेमा जानकारी लिन संघीय संसद सचिवालयलाई आज पत्राचार गर्ने भएको छ । बेलुकासम्म त्यसको जानकारी आयोगलाई आउने थपलियाले जानकारी दिए । यस्तै आयोगले आज अपराह्न ४ बजे उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको बारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै छ । आयोगले सोमबार नै यसबारे निर्णय लिएर निर्वाचनको काम अघि बढाउने आन्तरिक तयारी गरेको छ ।