डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
रासंसा/काठमाण्डौ, चैत्र ५,
मुलुकमा डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन् । आज चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत बनेका हुन् । यस्तै, सचिव पदमा सिन्धु विकास बैंकका रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैंक प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा निर्वाचित बनेका छन् । यसका साथै, सदस्यहरुमा साइन रेसुंगाका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट, एक्सेल डेभलपमेन्ट बैंकका डा.इन्द्र कट्टेल निर्वाचिन बनेका छन् । साधारणसभाबाट अन्य पदाधिकारीहरु समेत सर्वसम्मत बनेका छन् । अध्यक्षमा श्रेष्ठ सर्वसम्म निर्वाचिन बन्दा उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा निर्वाचित बनेका छन् ।