नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको शंखरापुर घोषणा पत्र जारी

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ४,

मुलुकमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार” घोषणा गरेको छ। शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रकाे आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई याे पुरस्कार दिइने छ। चैत्र २५ गते हुन गइरहेको शाखाको साधारणसभाकाे अवसरमा उक्त पुरस्कार वितरण गरिने छ शाखाले जनाएको छ । शङ्खरापुर नगरपालिकाकाे जर्सिङ पौवामा बसेकाे पुर्ण बैठकले उक्त निर्णय गरेको हाे।उक्त बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्षकाे संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुको साथै समसामयिक बिषयमा ९ बुदे शङ्करापुर घोषणा पत्र समेत जारी गरेको छ।

Like