डा. सीता सुवेदी पन्थीकृत ७ कृति लोकार्पण
रासंसा/काठमाण्डौ, चैत्र ४,
मुलुकमा डा. सीता सुवेदी पन्थीकृत ७ कृति लोकार्पण कार्यक्रम पद्मोदय मा. बि. काठमाण्डौमा सम्पन्न भयो । आयोजक बाल सिर्जना मंच नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा मंचका निवर्तमान अध्यक्ष तथा सल्लाहकार छायादत्ता न्यौपानेको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद पूर्व सदस्य प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । डा. सुवेदीद्वारा लेखिएका पन्थिकृत ७ कृतिहरुमा छन्दमालिका (कविता संग्रह), मातापिता (खण्डकाव्य), मेरो नेपाल, मयुर साथी, कति राम्रो जुनकीरी (सचित्र बाल कविता संग्रहहरु), स्याबास बाबू (बालकाव्य) र ढुकुर कुर कुर (बाल चित्र कबिता) को लोकार्पण उपस्थित सबै प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत श्रस्टा डा. सीता सुबेदी पन्थिकी ममतामयी आमा केशरी सुवेदिकासाथ भएको थियो । विशेष अतिथि तथा अतिथिहरुमा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, कवि तथा समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, बाल वांगमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, कवि तथा समालोचक सह प्राध्यापक डा. लेखनाथ निरौला, शिक्षा मन्त्रालयका उप सचिव हरि खनाल, कवि तथा समालोचक डा. रमेश शुभेच्छुक, अन्नपुर्ण मिडियाका साहित्यकार तथा समिक्षक पत्रकार गोपीकृष्ण ढुंगाना, पन्थिकृत ७ कृति लेखककी ममतामयी आमा केशरी सुबेदी थिए । सर्जक डा. सीता सुवेदीले सबै उपस्थित महानुभावहरुलाई धन्यवाद दिदै पुस्तक लेखनमा सहयोग पुराउनु हुने सबैमा कृतज्ञता व्यक्त गरेकी थिइन् । कृतिहरुमाथि समिक्षा गोपीकृष्ण ढुंगाना, हरि खनाल, प्रा. डा. ध्रुवकुमार घिमिरे, डा. रमेश शुभेच्छु, डा. रमेश शुभेच्छु, सह प्राध्यापक डा. लेख प्रसाद निरौला, प्रमोद प्रधान र प्रा. डा. रामप्रसाद ज्ञवालीले गरेका थिए । कृतिका सर्जक डा. सीता सुवेदी पन्थीलाई सबै समिक्षक मंताब्यकारहरुले बधाई तथा शुभकामना दिएका थिए । कारक्रमको अन्त्यमा मायाको चिनो स्वोरुप भादगाउँले खुकुरी क्रस टोपी मन्चमा आसिन प्रमुख अतिथि तथा अतिथिहरुलाई ग्रहण गराइएको थियो । कार्यक्रम जित्न्द्र रसिकले निकै सभ्य र भब्यताका साथ् संचालन गरेका थिए । कार्यक्रम सभ द नेशन अनलाइन टिभी (save the nation online tv) ले प्रत्यक्ष प्रसासरण गरेको थियो ।

