अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

नेकपाका विप्लव र प्रकाण्ड प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २४,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए। भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रम’bout गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत थिए । अदालतमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

Like