स्टेसनरी तथा झोला वितरण कार्यक्रम सम्पन्न
अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुण १३,
लम्जुङ जिल्लाको अति विकट स्थान मानिने मध्ये नेपाल नगरपालिका -३ हलेसी स्थित जन कल्याण प्राथमिक विधालयका २३ जना अति विपन्न बर्गका विधार्थीहरुलाई स्टेसनरी तथा झोला वितरण गरिएको छ। दलित,पिछडिएकाबर्ग,अल्पसंख्यक र जनजाति समुदायका स्कुले बालबालिकाहरुलाई श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेशका अध्यक्ष युवराज बरालले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्। कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी संयुक्त प्रदेशका उपाध्यक्ष अन्जनराज न्यौपाने ,युवा सफल ब्यवसायी यननाथ अधिकारी ,समाजसेवी रामनाथ पौडेल लगाएत युवा समाजसेवी श्यामप्रसाद अधिकारी समाजसेवी ,राधाकृष्ण लामिछाने ,युवा समाजसेवी सन्तोष ढुङ्गाना, बाईजुराज महिला समिति लमजुङकि अगुवा विमला वजगाई,समाजसेवी नन्दलाल लामिछाने र समाजसेवी गोपाल लामिछाने लगाएतका बक्ताहरुले विधालयको चौतर्फी विकासको कामना गर्दै संयुक्तरुपमा स्टेशनरी हस्तान्तरण गरेका थिए। “जहाँ बिपद, त्यहाँ श्री कृष्ण प्रणामी युवा परिषद” भन्ने नारालाइ आत्मसाथ गर्दै श्री कृष्ण प्रणामी युवा परिषद नेपाल को ३३औ वार्षिकोत्सब को अवसर पारेर गण्डकी-लुम्बिनी संयुक्त प्रदेश समितिको सहयोगमा जिल्ला कार्य समिती लम्जुङ द्वारा झोला तथा स्टेसनरी वितरण कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रम को सभापतित्व कृष्णप्रणामी युवा परिषद् जिल्ला समितिलमजुङका अध्यक्ष ईश्वर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियोे भने कार्यक्रमको संचालन परिषद्का जिल्ला सचिव मुकेस विडारीले गरेका थिए ।