नेपाली काङ्ग्रेस नेता चन्द्र भन्डारी गम्भीर घाइते

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन ४,

मुलुकमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएको छ । घटनामा भण्डारीकी ८६ बर्षिया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते हुनुभएको छ । दुवै जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते हुनु भएको हो । सांसद भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको र उहाँकी आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । खाना खाएर सुतिसकेपछि राति साढे १० बजेतिर सिलिण्डर विष्फोट भएको बताइएको छ । दुर्घटनालगत्तै दुवै जनालाई अस्पताल पुर्‍याएर आइसीयुमा भर्ना गरिएको हो ।

Like