अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारशिक्षासंचारसमाचारस्पेसलहेडलाइन

श्री वैष्णव महलक्ष्मी नागरानी मन्दिरको सप्ताहव्यापी प्राण प्रतिष्ठा सम्पन्न

Share to:

रासंसा/ललितपुर, माघ १८,

महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताको संकल्प र परिकल्पनामा नवनिर्मित श्री वैष्णव महालक्ष्मी नागरानी सात तले मन्दिरको सप्ताहव्यापी प्राणप्रतिष्ठा जगद्गुरु आश्रम शंखमूलका सप्त बटुक तथा पण्डितहरुबाट वैदिक विधिविधान अनुरुप सम्पन्न समापन कार्यक्रमका सभापती महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माता तथा स्वामी सच्चिदानन्द विशुद्धदेवका शिष्य, एवं चरित्र निर्माण संघका अध्यक्ष स्वामी कल्याण मित्रको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समापन कार्यक्रममा विशेष अतिथी द्वय स्वामी सच्चिदानन्द विशुद्धदेवबाट सन्यास लिएका शिष्य पाशुपत योग तथा धर्मका प्रणेता लेखक एवं योगाचार्य स्वामी महात्मा सुशिल, पशुपति अन्नपुर्णा आश्रमकि संरक्षक एवं रिटायर्ड क्लब नेपालकी सदस्य माता भद्रकाली, अतिथिहरुमा सप्त बटुकहरु, पुर्व प्रशासक, योगि तथा योग, ध्यान र साधनाका लेखक शंकर प्रसाद मानन्धर, मातावर्गहरुको आतिथ्यता थियो । उपस्थित सबै तहपदिय ब्यक्तित्वहरुलाई हंस योग आश्रमका कोषाध्यक्ष एवं चरित्र निर्माण संघकि केन्द्रीय सदस्य माया बादे श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताले अमेरिकादेखी सात तले मन्दिर तथा श्री वैष्णव महालक्ष्मी नागरानीको प्रतिमा बनाउन सहयोग पुराउनु हुने प्रतीक्षा कंडेल र प्रतिज्ञा कंडेलप्रती हार्दिक कृतज्ञता भाव प्रकट गर्दै आशिर्वाद प्रदानकासाथ कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो । समापन कार्यक्रम समुद्घाटन प्रमुख अतिथी स्वामी कल्याण मित्रले विशुद्द धर्मको प्रमाणपत्रका भाव सेभ द नेशन टेलिभिजनका अध्यक्ष एवं कार्यक्रम संचालक के बि सम्राटलाई पढेर सुनाउन आज्ञा भएको थियो । मन्तव्यको क्रममा जगद्गुरु आश्रमका सचिव एवं सप्ताहव्यापी प्राणप्रतिष्ठाका सप्तबटुक प्रमुख दिपक पोख्रेलले हामिले वैदिक विधिविधान अनुरुप सात दिनसम्म श्री वैष्णव महालक्ष्मी नागरानीको जलबास, फलबास, धानबास, फलफुलबास, फुलबास, नैवेद्यबास समेत गरि प्राणप्रतिष्ठा गरिएको छ । यसरी हामी जगद्गुरु आश्रम शंखमूलका सातजना कुमार बटुकहरुबाट प्राणप्रतिष्ठा गर्नु नै हामी सबै अहोभाग्यमानी ठानेका छौं । हामी महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली मातालाई धन्यवाद दिदै शुभकामना दिनचाहन्छौ भन्नुभयो । मन्तव्य ब्यक्त गर्दै विशेष अतिथि स्वामी महात्मा सुशीलले श्री वैष्णव महालक्ष्मी नागरानीको मन्दिर निर्माण गरि सो मन्दिरको प्राण प्रतिष्ठा गरि सम्पन्न गर्नु ठूलो तप र तपस्याबाट मात्र सफल हुने बताउदै महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली मातालाई हार्दिक कृतज्ञताकासाथ शुभकामना व्यक्त गर्नुभयो । अतिथि शंकर प्रसाद मानन्धरले म अहोभाग्यमानी रहेछु कि श्री वैष्णव महालक्ष्मी नागरानीको मन्दिर समुद्घाटन कार्यक्रममा उपस्थित भएर महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताबाट आशिर्वाद लिन पाउँदा खुशी लागेको छ । यसको श्रेय के बि सम्राट हुनुभएको धन्यवाद दिदै कार्यक्रम सफल भएको शुभकामना दिनुभयो । अन्य मन्तव्यकारहरुले महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताले निर्माण गर्नुभएको यो मन्दिर सदा सदा हामीलाई आशिर्वाद प्रदान होस् भन्दै शुभकामना दिनुभएको थियो । प्रमुख अतिथी स्वामी कल्याण मित्रले विशुद्ध धर्मको विषयमा चर्चा गर्दै मेरी चेली महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताले श्री वैष्णव महालक्ष्मी नागरानीको मन्दिर बनाएर सप्ताहव्यापी प्राणप्रतिष्ठा सम्पन्न गर्नु असाध्यै गौरवको कुरा हो बताउदै यो स्वामी सच्चिदानन्द विशुद्धदेव गुरुको कृपा रहेको बताउनुभयो । कार्यक्रम समापन भएको महामण्डलेश्वोर सावित्री श्री मा देवी दक्षिणकाली माताले घोषणा गर्नुभएको थियो ।

Like