वरिष्ठ पत्रकार सम्राटले दिए ११४ औं पटक रक्तदान
रासंसा/काठमाण्डौ, माघ १४,
स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखा सदस्य, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल एवं पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, विश्व शान्ति ध्यान केन्द्रका सचिव, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रमुख सल्लाहकार, ॐ कैलाश शिव ढुङ्गा शिवशक्ती महापीठधामका संरक्षक, पाशुपत योग अभ्यास आश्रमका सल्लाहकार, चरित्र निर्माण संघका आजिवन सदस्य, जेपि प्रषठान लगायत विभिन्न संघ संस्थाका आजीवन सदस्य के. बि. सम्राटले १७ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको पावन अवसरमा ११४ औं पटक रक्तदान गर्नुभयो ।

१७ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहका सभापति प्रेम सागर कर्माचार्य तथा प्रमुख अतिथी सञ्चार तथा सुचना प्रविधीमन्त्री रेखा शर्माले उहालाई प्रसंशा पत्र प्रदान गरेका थिए ।
