प्रधानमन्त्री दाहालले प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो २६८ मत

Share to:

रासन/काठमाण्डौ, पौष २६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार मंगलबारको प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन। आम निर्वाचन–२०७९ सहभागी भएर जित हासिल गरेर प्रतिनिधिसभामा आएका १३ राजनीतिक दलहरुमध्ये राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाहेकका सबै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन्। प्रधानमन्त्री दाहालले २६८ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो भने मत दिन्न भन्नेमा शून्य मत थियो। बैठकमा २७० सा‌सद उपस्थित थिए। धानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु प्रभु साह , अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मत दिएका हुन। विश्वासको मतलाई आधार मान्ने हो भने हाललाई सरकारमा प्रतिपक्ष दलमा जनमोर्चा र नेमकिपा मात्र देखिएका छन्। प्रतिनिधिसभाको सिट संख्याको ५० प्रतिशत सांसदले पत्ताएका व्यक्ति मात्र प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । २७५ सिटमध्ये कम्तिमा १३८ जना सांसदको मत प्राप्त भयो भने मात्र विश्वासको मत प्राप्त भएको मानिन्छ।

Like