नेपालका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरू

Share to:

रासंसा/महेन्द्रनगर, मार्ग १७,

मुलुकमा महेन्द्रनगर नेपालको सुदूरपश्चिमी सीमानाको नजिकमा रहेको बजार हो । यो कञ्चनपुर जिल्लाको सदरमुकामसमेत हो । यो क्षेत्र प्रमुख व्यापारिक क्षेत्रका साथै औद्योगिक क्षेत्रसमेत हो । नेपालको सुदूरपश्चिमी क्षेत्रबाट भारतसँग हुने निकासी पैठारी बढी मात्रामा यही क्षेत्रबाट हुने गरेकोले यसको महत्व बढ्न पुगेको छ । नेपाल र भारतको सीमानाको रूपमा रहेको महाकाली नदीमा निर्मित शारदा तथा टनकपुर बाँधहरू महेन्द्रनगरको नजिकै रहेका छन् । यसबाट टनकपुर बाँधको पूर्वी एप्लक्स बण्डको नजिकै नेपाली भू–भागमा रहेको ब्रम्हदेव बजार र शारदा बाँधको नजिकै रहेको वनवासा पनि महेन्द्रनगरको नजिक रहेको कुरा स्वतः स्पष्ट हुन्छ ।
भैरहवा
भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । यो नगर सुनौली भन्ने स्थानमा भारतसँग जोडिएको छ । यस क्षेत्रको महत्वपुर्ण व्यापारिक नाकासमेत भएकोले यसको महइभ्व निकै बढेको छ । पश्चिमीक्षेत्रको निकासी पैठारी यही स्थानबाट भारततर्फ हुने गर्दछ । भैरहवालाई सिद्धार्थ राजमार्गले पोखरासित जोडेको छ । यो सहर भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिलीबाट नजिक रहेको छ । भैरहवामा गौतमबुद्ध विमानस्थल रहेको छ । बुद्धको मावली गाउँ रामग्राम पनि भैरहवाबाट नजिकै पर्दछ । भैरहवालाई सिद्धार्थनगर नगरपालिका नामाकरण गरिएको छ ।

तानसेन
मध्यपहाडी भू–भागमा अवस्थित पाल्पा जिल्लास्थित तानसेन नेपाल राज्यकै अति रमणीय पर्यटकीय एवं महत्वपुर्ण व्यापारिक केन्द्र हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा अत्यन्त रमणीय एवं मनमोहक दृश्यको अवलोकनसमेत गर्न सकिने भएकाले यसको महइभ्व बढ्दोछ । अत्यन्त आनन्ददायी हावापानी भएको यस नगरमा मगर तथा नेवार जातिको बसोबास रहेको पाइन्छ । राणाकालमा तानसेनलाई काठमाडौँ पछिको महत्वपुर्ण राजनैतिक तथा प्रशासनिक अखडाको रूपमा स्थापित गरिएको पाइन्छ । ढाकाटोपी तथा करुवासमेतका धातुका सामग्रीका लागि प्रसिद्ध तानसेन मधेश तथा पहाड बीचको प्रमुख व्यापारिक स्थलसमेत हो । सफा मौसमका दिन तानसेनबाट धवलागिरि, अन्नपूर्ण, मनास्लु, गौरीशङ्कर तथा अन्य कैयौँ हिमशिखरहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तानसेन दरबार
नेपाल एकीकृत हुनुभन्दा अगाडिसम्म पाल्पा एउटा पृथक र शक्तिशाली राज्यको रूपमा रहेको थियो । श्रीनगर डाँडाको काखमा समुद्र सतहबाट १३७१ मिटर उचाइमा अवस्थित पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । प्राकृतिक कलाकौशलको दृष्टिकोणले समृद्ध तानसेन आधुनिक सभ्यतातर्फ उन्मुख छ । पुरानो समयमा सेनवंशी शासकहरूको राजधानीसमेत रहेको तानसेन सहर ऐतिहासिक खोज र अन्वेषणको प्रतीक्षामा छ । अमरसिंह थापाबाट सन् १८०७ ई.मा निर्मित अमर नारायण मन्दिर, सन् १९२७ मा प्रताप शमशेर ज.व.रा.बाट निर्मित तानसेन दरबार, खड्ग शमशेरबाट निर्मित शीतलपाटी (गोलघर), ब्रिटिश भारतीय फौजलाई पराजित गरेको स्मृतिमा सन् १८१४ मा उजीर सिंह थापाद्वारा बनाइएको भगवती मन्दिर, पाल्पा जिल्लाको सबै भन्दा पुरानो बौद्ध विहारको रूपमा परिचित आनन्द विहारलगायतका महाचैत्य विहार, महावोधी विहार, वीरेन्द्र फूलबारी आदि यस सहरका प्रमुख पर्यटकीय महइभ्वका सम्पदा हुन् । साथै, तानसेन सहरबाट करिब ८ कि.मि दक्षिणमा रहेको सत्यवती ताल र प्रवास तालमा फूलिरहेका कमलका फूलहरूले तानसेन भ्रमण गर्न पर्यटकहरूलाई बारम्बार लोभ्याइरहन्छ । सेती नदीको किनारमा रहेको दिपायल बजारको नजिकै त्यही नदीको अर्को किनारतर्फ रहेको अलिकति अग्लो डाँडा राजपुरमा अधिकांश क्षेत्रीय निर्देशनालयहरू रहेका छन् । राजपुर दिपायल पुरानो डोटी राज्यको राजधानी सहरको रूपमा रहेको थियो भन्ने कुरा ऐतिहासिक तथ्यहरूले औँल्याएको पाइन्छ ।

दिपायल
सुदुरपश्चिम प्रदेशको बझाङ, बाजुरा, डोटी तथा अछाम जिल्लाको साँधमा पर्ने मनोरम पर्यटकीय र प्रसिद्ध धार्मिक स्थल खप्तडसम्म दिपायल सिलगढीबाट पैदल हिडेर पनि एकदिनमा पुग्न सकिने र खप्तड राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ र सुन्दर फूल, जडीबुटी, वन्यजन्तुहरू, ताल र खण्ड–खण्ड परेका रमणीय पाटन (मैदान) हरूको अवलोकन गर्ने अवसर पाइने हुनाले पनि दिपायल–सिलगढीको महइभ्व बढ्न गएको छ ।

नारायणगढ
नारायणगढ नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका राजधानी काठमाडौँ र मनोरम पर्यटकीय स्थल पोखरा तथा हेटौडासमेतका विभिन्न स्थानसित सडक यातायातद्वारा जोडिएको नेपालभित्रको आवागमनको प्रमुख केन्द्र हो । यो नेपालको सबभन्दा गहिरो नदी नारायणीको किनारमा अवस्थित छ । प्रसिद्ध धार्मिकस्थल देवघाट पनि नारायणगढ बजारको नजिकै नारायणी नदीको किनारामा रहेको छ । प्रसिद्ध तीर्थस्थल त्रिवेणीको पनि नजिक रहेको यो सहरबाट प्रत्येक दिन अनेकाैँ सवारी साधनहरू देशका विभिन्न भागमा पुग्दछन् । महाकाली अञ्चलको महेन्द्रनगरदेखि काठमाडौँसम्म आउने र मेची अञ्चलको काँकडभिट्टादेखि काठमाडौँ र पोखरासम्म आउने सवारी साधनहरू नारायणगढ भएर ओहोर दोहोर गर्ने भएकोले नारायणगढको व्यापारिक महइभ्व अत्यन्तै बढ्दै गएको छ । अर्कातिर विश्वसम्पदा सूचीमा समावेश भएको चितवन राष्ट्रिय निकुञ्ज नारायणगढसित जोडिएको छ । नारायणगढबाट सौराहा, कसरा, चण्डीभञ्ज्याङ, टाइगरटप्स जस्ता पर्यटकीय क्षेत्र थोरैमात्र दूरीमा रहेका छन् ।

पोखरा
गण्डकी प्रदेशको कास्की जिल्लामा पर्ने पोखरा सहरलाई नेपालको सबैभन्दा महत्वपुर्ण पर्यटन केन्द्रको रूपमा र देशको पर्यटन राजधानीको रूपमा लिने गरिन्छ । फेवाताल र बेगनास तालजस्ता प्रसिद्ध तालहरू, माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, सहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा र डेबिड फल्स (पातले छाँगो आदिलाई पोखराका महत्वपुर्ण दर्शनीय स्थलको रूपमा लिने गरिन्छ । बढी पानी पर्ने भएकोले पोखरालाई नेपालको चेरापुञ्जी पनि भनिन्छ । पोखरालाई सिद्धार्थ राजमार्गले तानसेन तथा बुटवलसित र पृथ्वी राजमार्गले मुगलिङ तथा काठमाडौँसँग जोडेको छ । मुग्लिनबाट नारायणगढ हुँदै नेपालका पश्चिम एवं पूर्वी तराईका अरू सहरहरूसँगको सडक सम्पर्क पनि कायम भएको छ । कास्की जिल्लाको सदरमुकाम रहेको पोखरा नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र भएकाले नेपाल आउने विदेशी पर्यटकहरूले पनि ठूलो प्राथमिकता दिएको पाइन्छ । यसैको छेउमा गोदावरी कुण्ड रहेको, यहाँ १२ वर्षमा गोदावरी मेला लाग्ने गरेको र चारैतिर गोदावरीका फूलहरू फुल्ने गरेकोले फूल्चोकीलाई गोदावारी चुचुरो पनि भनिन्छ । यहाँ करिब ६० लाख मेट्रिकटन डिपोजिट भएको नेपालको सबैभन्दा ठूलो फलाम खानी भएकोले यसको आर्थिक महत्व पनि रहेको छ ।

घान्द्रुक
गण्डकी प्रदेशको कास्की जिल्लाअन्र्तगत अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा पोखराबाट ४२ कि.मि उत्तरमा अवस्थित घान्द्रुक गुरुङ संस्कृति र जीवन शैलीलाई जीवन्त रूपमा प्रस्तुत गर्न सक्षम प्रमुख गुरुङ बस्ती हो । यो ठाउँ पर्वतारोही, पदयात्रीका अतिरिक्त स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि महत्वपुर्ण आकर्षक स्थल मानिन्छ । यहाँ प्रत्येक वर्ष करिब ५० हजार पर्यटकहरू भ्रमण गर्ने गर्दछन् ।

तातोपानी
म्याग्दी जिल्लाको पोखरा–मुस्ताङ सडकमा पर्ने तातोपानी र सिन्धुपाल्चोक जिल्लाको कोदारी राजमार्ग चीनको सीमानजिकै रहेको तातोपानी पर्यटकीय दृष्टिले महत्वपुर्ण स्थानको रूपमा रहेका छन् । तातोपानी कुण्डमा नुहाउँदा बाथलगायत छाला र नशाका रोग निको हुने धार्मिक मान्यता छ । यही विश्वासका साथ देशभरका दर्जनौँ तातोपानी कुण्डमा दैनिक हजारौँ मानिस नुहाउन पुग्छन् ।

बन्दीपुर
तनहुँ जिल्लामा पर्ने बन्दीपुर धार्मिक तथा प्राकृतिक दृष्टिले रमणीय स्थल मानिन्छ । यहाँ छिम्केश्वरी मन्दिर, खड्गदेवी मन्दिर, गुफा छन् भने बन्दीपुरको मिश्रित ग्रामीण संस्कृति, उत्तरतर्फको मस्र्याङ्दी उपत्यका हिमाली पर्वतश्रृङ्खला, ससाना पर्वत चुचुराहरू, गणेश हिमाल, माछापुच्छ्रे आदि हिमश्रृङ्खलाको मनोरम दृश्यालोकन यहाँबाट गर्न सकिन्छ । बन्दीपुरबाट पदयात्रा सुरु गरी देवघाट हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुगिने हुँदा पनि यसको पर्यटकीय महइभ्व बढेको छ ।
लमजुङ जिल्लास्थित घलेगाउँ ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध छ । घलेगाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, लमजुङ हिमाल शिरको टोपीजस्तै देखिन्छन् । चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर दर्शनीय छन् । घले गुरुङको आत्मीय आतिथ्य र घाँटु नाँचको प्रदर्शनले स्वदेशी र विदेशी पर्यटकलाई मोहित बनाउने गरेको पाइन्छ । घलेगाउँको होमस्टे पार्क मुलुककै उत्कृष्ट मानिन्छ भने यसपछि नेपालका धेरै स्थानहरूमा होमस्टे पर्यटन फस्टाएको छ ।

रसुवा गढी
रसुवा जिल्लाअन्र्तगत नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाक्षेत्रमा समुद्र सतहदेखि करिब ६००० फिटको उचाइमा अवस्थित यो गढीको निर्माण नेपाल– चीन युद्धको बेलामा नेपालीहरूले बनाएका थिए । ऐतिहासिक, पर्यटकीय आर्थिक महइभ्वको यो गढी काठमाडौँको सबैभन्दा नजिक पर्ने तिब्बततर्फको व्यापारिक नाका हो । यहाँबाट तिब्बततर्फको केरुङ बजार जान सकिन्छ ।

कोदारी
नेपालको भारतसित गरिने व्यापारको मुख्य केन्द्र वीरगञ्ज भएजस्तै चीनको स्वसासित क्षेत्र तिब्बतसितको व्यापारको प्रमुख केन्द्रको रूपमा रहेको नेपालको प्रमुख व्यापारिक नाका कोदारी हो । तिब्बतको सीमावर्ती बजार खासाबाट आउने सामानहरू र नेपालबाट खासातिर निर्यात गरिने वस्तुहरूको आयात निर्यात गर्ने सीमावर्ती व्यापारिक केन्द्र कोदारीलाई नेपालको एउटा प्रमुख राजमार्गको रूपमा रहेको कोदारी (अरनिको राजमार्गले काठमाडौँसँग जोडेको छ । कोदारी प्रदेश नं. ३ को सिन्धुपाल्चोक जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा पर्दछ ।

बालाजु, बाइसधारा
काठमाडौँको पश्चिमोत्तर भागमा अवस्थित रमणीय स्थान बालाजु छ । यो उद्यानभित्र भगवान नारायणको मूर्ति भएकोले त्यसलाई बूढा नारायण वा बाल नारायणको मूर्ति भएकोले सोही नामले यस ठाउँको नाम राखिएकोमा पछि यो शब्द अपभ्रंश भई बालाजु बन्यो । यसै ठाउँमा प्रताप मल्लले २१ धारा र रणबहादुरले बनाएको सुनको ठूलो धारासहित २२ धारा भएकोले यसको नाम बाइसधारा भन्ने रह्यो ।

ककनी
काठमाडौँको केन्द्रबाट २९ की.मी. दूरीमा ६,७७८ फिटको उचाइमा ककनी भन्ने रमणीय स्थान छ । नुवाकोट जिल्लामा पर्ने यो ठाउँलाई राणाकालमा वसन्ती बाग भनिन्थ्यो । यसको नजिकै तामाङ् जातिको ठूलो बस्ती छ । यसका अतिरिक्त प्रहरी तालिम केन्द्र, तारा गाउँ अतिथि गृह, थाइ एयरवेजद्वारा निर्मित स्मृतिपार्क, बागवानी फार्मले पनि ककनीको शोभा बढाएका छन् ।

तिमाल
काभ्रेपलाञ्चोक जिल्लाको साविकको कानपुर गा.वि.स.बाट सुरु भई पोखरी नारायण स्थानलगायत बाह्र गाउँ समेट्ने मनोरम तिमाल मुख्यतया तामाङ् हरूको बाहुल्य रहेको यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, नेवार, मगर, दमै, कामी, ठकुरी, सार्की, दनुवारजस्ता जातीहरुको समेत बसोबास रहेको छ । जातीय हिसाबले समेत विविधता रहेको यस क्षेत्र धार्मिक हिसाबले समेत प्रख्यात छ ।
ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरु रेम्पोर्छेले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार, अन्य ऐतिहासिक धार्मिक स्थलहरु, भगवानहरुले तपस्या गरेका ओडारहरु गुफा, गुम्बा, ककलिङ र नारायणस्थान मन्दिर, दुम्जाको महादेवस्थान लगायत विभिन्न मठमन्दिरहरु यहाँको प्रख्यात धार्मिक एवं ऐतिहासिक स्थलहरु हुन् ।

जिरी
दोखला जिल्लाको दोस्रो महत्वपुर्ण बजार जिरी करिब ६ हजार फिटको उचाइमा अवस्थित छ । जिरीलाई नेपालको स्वीजरल्याण्ड भनि चिनिन्छ । पर्यटकीय दृष्टिकोणले जिरीलाई महत्वपुर्ण ग्रामीण सहरको रूपमा लिइन्छ ।

वीरगञ्ज
मधुवनको पारसनाथ मन्दिरको नामबाट ‘पारस’ नाम रहन गएको पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज हो । नेपालको मुख्य प्रवेशद्वारको रूपमा परिचित वीरगञ्ज नगर नेपालको आर्थिक राजधानीको रूपमा समेत स्थापित हुँदै आएको छ । औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जको मौलिक परिचय रहेको छ । वीरगञ्ज नेपालको प्रजातान्त्रिक आन्दोलनको कार्यस्थल पनि हो । वीरगञ्जको प्रसिद्ध मन्दिर गहवा माईथान मुख्य बजारसँगै रहेको छ । वीरगञ्ज नगरको निकटवर्ती सिमरौनगढ, गढीमाई, विन्ध्यावासिनी मन्दिर, पारसनाथ मठ आदिले वीरगञ्जको ऐतिहासिक तथा धार्मिक महइभ्व स्थापित गरेका छन् । वीरगञ्ज नगरको एउटा आकर्षण यस नगरको केन्द्रमा रहेको घण्टाघर हो । हाल यसले महानगरपालिकाको रूपमा आफूलाई स्थापित गराएको छ । वीरगञ्जलाई सबभन्दा पहिले त्रिभुवन राजपथले काठमाडौँसँग जोडेको थियो । नेपालबाट निर्यात गरिने वस्तुहरू र नेपालमा आयात गरिने वस्तुहरूमध्ये धेरै वस्तुहरूको ढुवानी वीरगञ्जको बाटोबाट हुने भएकोले वीरगञ्जलाई सुख्खा बन्दरगाह (म्चथ एयचत) को रूपमा विकास गर्ने अवधारणाले बल पाउन थालेको पाइन्छ ।

विराटनगर
यहाँ विभिन्न किसिमका उद्योगधन्दाहरू फस्टाएकाले यसलाई औद्योगिक सहरसमेत भनिन्छ । यो नेपालको व्यापारिक एवं औधोगिक केन्द्रसमेत हो । घना आवादी र ठूलो सहर भएकाले यसलाई महानगरपालिकाको रूपमा वर्गीकरण गरिएको छ ।
कोशी अञ्चलको मोरङ जिल्ला प्रदेश नं १ मा पर्ने यस सहरमा विराटनगर जुटमिललगायतका नेपालका पुराना र महत्वपुर्ण कारखाना तथा उद्योगहरू रहेका छन् । त्यसैले विराटनगरलाई नेपालको औद्योगिक राजधानी पनि भन्ने गरिन्छ ।

काँकडभिट्टा
यो नेपालको पूर्वी सीमाना नजिक रहेको बजार हो । यो प्रदेश नं. १ को झापा जिल्लामा पर्दछ । यहाँबाट फूलबारीमार्ग हुँदै बङ्गलादेश जाने मार्ग खुलेकाले यसको महइभ्व बढ्न पुगेको छ । ‘नेपालको पूर्वी सीमानाको महत्वपुर्ण प्रवेश मार्गमा रहेकाले यसलाई पूर्वको ढोका पनि भनिन्छ । यहाँ मेची भन्सार कार्यालय रहेकाले यसले यस क्षेत्रको निकासी पैठारीमा महत्वपुर्ण भूमिका खेलेको देखिन्छ । काँकाडभिट्टा मेची नगरपालिकामा पर्दछ । पशुपतिनगरद्वारा भारतको खर्साङ्ग, सिलीगुढी र दार्जिलिङ्गसँग व्यापारिक सम्पर्क कायम रहेको र चिया उत्पादनको निम्ति नेपालको प्रसिद्ध इलाम जिल्ला र झापा जिल्ला एक अर्कासँग जोडिएको हुनाले काँकडभिट्टा र इलामको बीचमा रहेको दूरी त्यति धेरै नरहेको कुरा स्वतः स्पष्ट हुन्छ ।

Like