श्रीमतीको करुवा प्रहार गरि हत्या

Share to:

रासंसा/झापा, कार्तिक २७,

मुलुकमा घरयासी विवाद हुँदा झापाको बुद्धशान्तिमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले २६ वर्षीय श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीमाथि करुवा प्रहार गर्ने रघुनाथलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरड दम्पत्ति भारतको महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल बुद्धशान्ति गाउँपालिका १ बुधबारेमा सुन पसल सञ्चालन गर्दै आएको बताइएको छ ।

Like