ब्राजिलको विश्वकपका लागि टिम घोषणा

Share to:

एजेन्सी, कार्तिक २२,

विश्वमा १२ दिनपछि कतारमा सुरु हुने फिफा विश्वकपका लागि ब्राजिलको टिम घोषणा भएको छ। मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्। रियो दी जेनिरियो : १२ दिनपछि कतारमा सुरु हुने फिफा विश्वकपका लागि ब्राजिलको टिम घोषणा भएको छ। मुख्य प्रशिक्षक टिटेले पाँच पटकको कीर्तिमानी च्याम्पियन ब्राजिलको टिम सोमबार राति घोषणा गरेका हुन्। रुसमा २०१८ मा भएको विश्वकपको पछिल्लो संस्करणमा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। बेल्जियमविरुद्ध २–१ को नतिजामा पराजित भएसँगै ब्राजिलको यात्रामा पूर्णविराम लागेको थियो। समूह ‘जी’मा परेको ब्राजिलले समूह चरणमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ। सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वपको सेमिफाइनलमा जर्मनीसँग ७–१ पराजित भएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्ससँग ३–० ले पराजित भएको ब्राजिल चौथो भएको थियो।
कतार भ्रमणमा निस्कने ब्राजिलियन टिम :
गोलकिपर : एलिसन, एडर्सन वेभरटोन
डिफेन्डर : ड्यानिलो, ड्यानी एल्भेस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस,
थिएगो सिल्भा, मार्किन्होस, एडर मिलिटाओ, ब्रेमर
मिडफिल्डर : क्यासिमिरो, फ्याबिन्हो, ब्रुनो गुइमारेज, फ्रेड, लुकास
पाक्वेटा, एभर्टन रिबेइरो
फरवार्ड : नेइमार, गाब्रियल जिजस, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा,
रिचार्लिसन, गाब्रियल मार्टिनेली, रोड्रिगो, पेड्रो

Like