अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

ब्लक ‘ए’ स्तरोन्नतीको काम तीन वर्षसम्म सम्पन्न हुन सकेन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ५,

मुलुकमा स्मार्ट सिटी अन्तर्गत टीकापुर नगरपालिका ब्लक ए स्तरोन्नतीको काम समयमा सम्पन्न हुन सकेको छैन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भएपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको करिब ८ करोड लागतमा ब्लक ए को स्तरोन्नती अन्र्तगत ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण गर्नुपर्ने छ। ब्लक ए को तीन तिरको मुख्य सडक र केही भित्री सडक समेत कालोपत्रे हुनेछन्। समयमा काम सम्पन्न हुन नसक्दा दुई पटक म्याद थप भएको छ। पछिल्लो समय थपिएको म्याद समेत यही कात्तिक मसान्त भित्र सकिँदैछ। अझै सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन भने नाली निर्माणको काम पनि अलपत्र अवस्थामा छ। निर्माण व्यवसायी चक्र शाहले विद्युत पोल र खानेपानीको पाईपका कारण समेत निर्माण कार्य प्रभावित भएको बताए। उनले विद्युत पोल सार्न र खानेपानीको पाइप व्यवस्थापन गर्न मात्रै दुई वर्ष लागेको जानकारी दिए। महालक्ष्मी ÷एम. के. जेभीले स्तरोन्नतीको जिम्मा पाएको हो। कोरोनाका कारण विगत एक वर्ष काम हुन नसकेको निर्माण पक्षले जनाएको छ। कोरोनाका कारण लकडाउन भएपछि काम हुन नसकेको बताइएको छ। उनले नाली निर्माणको काम लगभग सकिएको र सडक कालोपत्रेको काम मात्रै बाँकी रहेको बताए। उनले अबको २ महिना भित्र कालोपत्रेको काम समेत सम्पन्न हुने जानकारी दिए। उनले तिहार लगत्तै निर्माणको काम सुचारु हुने बताए। ‘दुई वर्षसम्म विद्युत पोल र खानेपानी पाइपका कारण कार्यादेश पाईएन’ उनले भने –‘काम ढिलो हुनुको मुख्य कारण यो पनि हो।’ स्तरोन्नतीको काममा ढिलाई भएको मात्रै हैन निर्माण पक्षले सडकमा निर्माण सामाग्री थुपारेको छ। जसका कारण दुर्घटना हुने गरेका छन्। स्थानीयले सडकमा निर्माण सामाग्री थुपारेका कारण हिँडडुलमा समेत समस्या हुने गरेको बताए। ‘अबको २ महिनामा काम सकिन्छ’ उनले भने ‘कालोपत्रेका लागि आवश्यक पर्ने सबै सामान जुटाइसकेका छौं।’ स्थानीयले समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरेका छन्। उनीहरुले विभिन्न बहानामा निर्माण पक्षले काममा ढिलासुस्ती गर्ने गरेको आरोप लगाउने गरेका छन्। स्थानीय गंगाराम चापागार्इंले सडकमा गिट्टी बिछ्याएकाले सडकमा हिँडडुल गर्न समस्या भएको बताए। उनले निर्माण पक्षको लापरवाहीका कारण पनि यस्तो अवस्था सिर्जना भएको बताए।

Like