भोट माग्न राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ जान्छुः रवीन्द्र मिश्र
रासंसा/काठमाण्डौ, आश्विन १४,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेसँगै संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताएका छन्। साथै उनले देशमा अग्रगमन र प्रतिगमनको गलत भाष्य स्थापित गरिएको टिप्पणी गरे। उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता समेत व्यक्त गरे। काठमाडौँको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्था पुनः स्थापना गर्नैपर्ने आवश्यकता भएको बताए। आफूले राजाको माया लागेर वा आफूले केही पाउँछु भनेर राजसंस्थाको कुरा नगरेको उनको भनाइ छ। गत बुधबार वरिष्ठ उपाध्यक्ष बनेर राप्रपा प्रवेश गरेका मिश्रले यसअघिबाट नै काठमाडौँको क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेका थिए। राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।