न्युरोड जादै हुनुहुन्छ ? यदि हो भने सवारीसाधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाएकोछ

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ,

मुलुकमा काठमाडौंको न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो। कार्यालयले चाडवाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागु गरिएको बताएको छ। प्रहरीले तोकिएको मिति र समयसम्म धैर्यधारण गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन सवारी चालकलाई अनुरोध गरेको छ। कार्यालयका अनुसार दसैंको समयमा भीड बढ्दै गएकाले आजदेखि फुलपातिसम्म यो व्यवस्था लागू गरिएको हो। बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

Like