अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

रिकरिङ निक्षेप ग्राहकको लक्ष्य अनुसार योजना

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २,

मुलुकमा कुमारी बैंकले ‘धन बृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ। प्रारम्भिक बिज रकमलाई पाँचदेखि सय गुणा वृद्धि गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ। योजना अनुसार आवर्ती योजना अन्तर्गत प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ। यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको जनाएको छ। यो योजना असोज १ गतेदेखि लागु भएको छ। ग्राहकले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि दस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धन वृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Like