अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

विश्व आदिवासी दिवस आज मनाइँदै

Share to:

मुलुकमा आज मंगलबार विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसकै अवसरमा आज कतिपय जिल्लाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । आदिवासी जनजाति सम्वद्ध विभिन्न संघ संगठनहरुले यो दिवस मनाउने गर्दछन् । तनहुँका ६ वटा स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका हुन । शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसको पावन अवसरमा हार्दिक मंग्ग्ल्मय शुभकामना ।

Like