भोलि प्रधानन्यायाधीश जबराको प्रतिनिधि सभामा महाभियोगका विषयमा छलफल हुने
रासंसा/काठमाण्डौ, श्रावण २१,
मुलुकमा प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगका विषयमा छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोग’bout छलफल हुने उल्लेख छ । “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ ।
Like