‘विश्वविद्यालय असफल हुँदा प्रधानमन्त्री आफैँ असफल हुने हो’

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १४,

मुलुकमा सांसद विद्या भट्टराईले सार्वजनिक विश्वविद्यालय असफल हुँदा सरकार र प्रधानमन्त्री आफैँ असफल हुने बताएकी छन्। पूर्वप्राध्यापक समेत रहेकी भट्टराईले त्रिभुवन विश्वविद्यालयमा लगातारको तालाबन्दी र गुन्डागर्दीका कारण विश्वविद्यालयको वातावरण सधै तनावपूर्ण बनिरहेको बताएकी हुन्। तालाबन्दीले तनावपूर्ण वातावरणलाई निराकरण गर्ने जिम्मेवारी विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री शेरबहादुर देउवाको भएको उनको भनाई छ। एमालेबाट सांसदसमेत रहेकी भट्टराईले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘सार्वजनिक विश्वविद्यालय असफल हुँदा सरकारको नेतृत्व गर्ने दल, सरकार र प्रधानमन्त्री आफैँ पनि असफल हुने हो भन्ने हेक्का समयमै हुन जरुरी छ।’ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थीले विभिन्न माग राख्दै निरन्तर तालाबन्दी हुँदै आएको छ। ‘त्रिभुवन विश्वविद्यालयलाइ शैक्षिक उत्कृष्टताको केन्द्र बनाउने सरकारको योजनालाई सत्ता सम्बन्धित दलअन्तर्गतकै गलत व्यवहारले असफल बनाउने छ ।’ भट्टराईले भनिन्,‘त्रिभुवन विश्वविद्यालयमा लगातारको तालाबन्दी र गुन्डागर्दीका कारण विश्वविद्यालयको वातावरण सधै तनावपूर्ण बनिरहेको छ।’

Like