ब्राउन सुगरसहित दुई जना पक्राउ
रासंसा/झापा, श्रावण १४,
मुलुकमा झापामा फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका-१ स्थित भगवान् चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र-३-०१-०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउन फेला परेको थियो।