अन्य थपदेशप्रदेश-१मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

पहिलो पटक महिला न्यायाधीस ताप्लेजुङ जिल्ला अदालतमा

Share to:

रासंसा/ताप्लेजुङ, श्रावण १४,

मुलुकमा ताप्लेजुङ जिल्ला अदालतले पहिलो पटक ‘महिला जिल्ला न्यायाधीस’ पाउने भएको छ। न्याय परिषद्ले गरेको सरुवा सिफारिस अनुसार ताप्लेजुङ जिल्ला अदालतमा सुनसरी जिल्ला अदालतमा न्यायाधीस रहेकी निर्मला योङ्या जिल्ला न्यायाधीस आउने भएकी छिन्। न्याय क्षेत्र आफैंमा विवादरहित कार्य सम्पादन गनुपर्ने निकाय हो। तर केहि विवादास्पद निर्णय र प्रकृयाका कारण न्यायक्षेत्र समेत विवादको घेरामा परेका उदाहरण प्रसस्त छन्। ताप्लेजुङ जिल्ला अदालतको न्यायाधीस बनेर कार्य सम्पादन गरेको करिव तीन वर्षको ईतिहाँसमा जिल्ला न्यायाधीस राउत विवादरहित बने। यहाँ कार्यरत जिल्ला न्यायाधीस प्रकाश राउतको बारा जिल्ला अदालतमा सरुवा भएको छ। विक्रम सम्वत् २०२१ सालदेखि जिल्ला अदालत रहेको ताप्लेजुङमा अहिलेसम्म जिल्ला न्यायाधीस महिला थिएनन्। जिल्ला अदालत सुरु हुँदा २०२१ सालमा शाखा अधिकृत सरहका पूर्णबहादुर श्रेष्ठले जिल्ला अदालतको न्यायक्षेत्र सम्हालेका थिए। जिल्ला अदालत बन्नु भन्दा पहिले भने न्याय क्षेत्र ताप्लेजुङ अमिनीका रुपमा रहेको थियो। विक्रम सम्वत् १९५२ सालमा लप्टन पूर्णबहादुर क्षेत्रीले ताप्लेजुङ अमिनीको नेतृत्व गरेको इतिहाँस रहेको छ। नम्र स्वभाव तर निर्णय प्रकृयामा न्यायिक प्रावधान भन्दा बाहिर नजाने उनी समन्वयकारी भूमिकामा रहे। ‘श्रीमान्को भूमिका अभिभावककै रुपमा रहयो’बारा जिल्ला अदालत सरुवा भएका जिल्ला न्यायधीस राउतको कार्य समिक्षा गर्दै अधिबक्ता बलराम भट्टराईले भने। न्याय कार्य सम्पादन बाहेक जिल्ला न्यायाधीसको नाताले २०७९ सालको स्थानीय तहको निर्वाचनमना उनी मुख्य निर्वाचनको अधिकृतको भूमिकामा रहे। नौ स्थानीय तह रहेको ताप्लेजुङको मुख्य निर्वाचन अधिकृतको रुपमा राउतले सफल र विवादरहित कार्य सम्पादन गर्ने व्यक्तिको छबि बनाए।
सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरको गुल्मपतिमा सशस्त्र डिएसपी बिनोद थापा आउने भएका छन्। यसअघि गुल्मपति रहेका रोशन बुढाथोकी शसस्त्र एसपीमा बढुवा भएर यहाँबाट सरुवा भएपछि खाली रहेको गुल्मपतिमा थापा आउन लागेका हुन्।

Like