राष्ट्रपति बाइडेनको पत्रकार जमालको हत्या प्रकरणमा आफू दोषी नभएको दावी
एजेन्सी,
विश्वमा अमेरिकाका राष्ट्रपति जो बाइडेन साउदी अरेबियाको भ्रमणमा रहनुभएकाे छ । उहाँले दुई देशबीचकाे सम्बन्ध सुधार गर्नका लागि आफू सकारात्मक रहेको समेत बताउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन् । टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा सन् २०१८ को अक्टोबरमा अमेरिकामा रहेका साउदी पत्रकार खशोग्गीको हत्या भएको थियो । उहाँले साेही भ्रमणमा युवराज मोहम्मद बिन सलमानसँगको भेटमा पत्रकार जमाल खशोग्गीको हत्याको विषय समेत उठाएको बताउनुभएको हाे। राष्ट्रपति बाइडेन यसअघि बिग्रिएको सम्बन्ध सुधारका लागि साउदी भ्रमणमा रहनुभएको छ । सन् २०१८ मा हत्या गरिएका पत्रकार खशोग्गीको विषयमा आफू संवेदनशील भएको उहाँले बताउनुभएको थियो । भेटका क्रममा अमेरिकाले साउदीसँग अन्य विषयमा पनि सहकार्य गर्न चाहेको बताउनुभएको थियो । भेटमा राष्ट्रपति जाे बाइडेनले तेलको अन्तर्राष्ट्रिय बजार स्थिर बनाउने विषयमा पनि छलफल भएको बताउनुभएकाे छ । सोही हत्यापछि विग्रिएको सम्बन्ध सुधारका लागि उहाँले साउदीको भ्रमण गरेसँगै सर्वत्र आलोचना समेत भएको छ । गुप्तचर निकायहरूले साउदी राजकुमारले खशोग्गीको हत्याको अनुमोदन गरेको भन्दै आचलोचना भएको छ । तर राष्ट्रपति बाइडेनले सोही हत्या प्रकरणमा आफू व्यक्तिगत रुपमा जिम्मेवार नभएको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।
