स्वतन्त्र पत्रकार संघ नेपालको पहिलो बैठक गैडाकोटको सहमतिमा बस्दै

Share to:

रासंसा/नवलपुर, आषाढ १४,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालको पहिलो बैठक गैडाकोटको सहमतिमा बस्दै छ । स्वतन्त्र पत्रकार संघ नेपालक दशौँ साधारणसभा तथा चौथो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठक संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको आध्याक्षतामा प्रस्तावित प्रस्तावहरुमाथि छलफल भैरहेको संघका महासचिव महेश विक्रम कुँवरले जान्ग्कारी दिनुभयो । बैठकमा वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, उपाध्यक्ष बिरेन्द्र पाण्डे, महिला उपाध्यक्ष लक्ष्मी गुरुङ, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव त्रय सुरेश श्रेष्ठ, कल्याण पन्त र रत्न काजी प्रजापति, कोषाध्यक्ष बद्रि बहादुर दुलाल, राष्ट्रिय सदस्यहरु प्रेम बुढाथोकी, निर्मला पोख्रेलको उपस्थिति थियो ।

Like