एसपीपी लागु भए अमेरिकी सेना आउँछ, नेपाल युद्ध भूमि बन्छ : वामदेव गौतम
रासंसा/काठमाण्डौ, आषाढ ११,
मुलुकमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिष्टहरुको दवावमा सरकारले अमेरिकासँगको सैन्य गठबन्धन ‘स्टेट पार्टनरसिप पोग्राम(एसपीपी)’ रद्द गरेको बताएका छन्। अभियानको राष्ट्रिय भेलालाई संम्बोधन गर्दै गौतमले कम्युनिष्ट शक्तिहरुको दवावमा मात्र नेपाली सेना र अमेरिकी सेनाबीच भएको एसपीपी सम्झौता मन्त्रिपरिषद्ले रद्द गरेको बताएका हुन्। ‘एसपीपी अमेरिकाको सैन्य गठबन्धन हो, त्यसमा नेपाली सेना सहभागी हुन सक्दैन’, उनले भने। राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको बताए। एमसीसी र एसपीपी दुवै कार्यक्रम अमेरिकको इन्डोप्यासिफिक रणनीति अन्तरगत भएको गौतमले दावी गरे। उनले शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेलामा राष्ट्रघाती काम हुने गरेको बताए। ‘एमसीसी, एसपीपी मुलुकका लागि राष्ट्रिघाती कार्यक्रम हुन’, गौतमले भने, ‘एसपीपी लागु भए अमेरिकी सेना आउँछ। त्यसपछि नेपाल युद्ध भूमि बन्छ।’