अन्य थपअपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

नक्कली नागरिकता बनाएर विदेशमा बस्नेको जग्गा कीर्ते गरेको खुलासा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ५,

मुलुकमा नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित ५ जनालाई पक्राउ गरेको हो । दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई टोखा बस्ने ५२ को महावीर चन्दले तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई सात करोड रुपैयाँ बाराबरकोको जग्गा कीर्ते गरी ठगी गरेको ब्यूरोले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यमा संलग्न अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको जानकारी गरायो । त्यसपश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नामबाट २०७७।११।१० गते विक्री भई सुनिता कर्माचार्यको नाममा गएको थियो । उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्मचार्यलाई तीन करोड सत्तरी लाखमा २०७७।११।१० गते विक्री भएको देखिएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनाक्रमअनुसार शान्ता देवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् । बेला बखतमा मात्र नेपाल आउने क्रममा २०६१ सालमा कीर्तिपुर उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।

Like